हामीसँग भविष्यवाणीको अझ पक्का वचन पनि छ, जसलाई दिनकोउज्यालो नखसुन्जेल, र तिमीहरुका हृदयहरुमा बिहानको तारा नउदाउन्जेल अँध्यारो ठाउँमा चम्किने ज्योतिलाई झैँ तिमीहरुले ध्यान दिएर असल गर्दछौ। २ पत्रुस १:१९
 
News समाचार
Articles समसामयिक लेख
Sermons प्रवचन
Bible Studies बाइबल अध्ययन
Biographies जीवनी
History इतिहास
Book Review पुस्तक समीक्षा
Literatures साहित्य
Prayers प्रार्थना
Photos फोटोहरु
 

 

हे सारा देशहरु हो परमप्रभुका निम्ति आनन्दको सोर निकाल। भजन संग्रह १००:१

 

 
नेपाली ईशाई पत्रिका 'एनोन' नियमित रुपमा पढ्नुहोस्।  सम्पर्क
 
 

आत्मिक गीत संग्रह क्यासेट सुन्नुहोस्। सम्पर्क

 

बाइबल, ख्रीष्टिय जीवन तथा जीवन सम्बन्धि प्रश्नोत्तरहरुको सङगालो 'मुहान' पढ्नुहोस्। सम्पर्क

बाइबल अध्ययन सम्बन्धि सामाग्रीहरुका लागि wordoftruth.com.np हेर्नुहोला।


अंग्रेजी पुस्तकहरु नेपालीमा अनुवाद गर्नुपरेमा सम्पर्क: सोम लिम्बु ९८४१७१४२५८।

RECENT ARTICLES/LITERATURES

  RECENT MATERIALS

एवेनेजर सेवाकाई
परमेश्वरको समयलाई नपर्खनु खतरानक
कतै तिमी नै त होइनौ?
मानिस किन रुन्छन्?



ख्रीष्टिय विवाहका नमूनाहरु
यहुदाको पत्र
प्रभुमा आनन्द पाएँ
नेपालमा शाहवंशीय राज्यसत्ताको उदय र पतन
क्यारिस्मेटिक भद्रगोल

RECENT NEWS/PRAYERS

 

Date: 2008-07-01
एवेनेजर मण्डली कोटेश्वरलाई परमेश्वरले दिनुभएको दर्शन अनुसार जोरपाटी सेवाकाई प्रारम्भ भएको छ। आज एवेनेजर मण्डलीका कारिन्दाहरु तथा एवेनेजरका सदस्यहरुका साथमा जोरपाटीमा बाईबल अध्ययनका साथ सेवाकाईको निम्ति प्रार्थना कार्यक्रम सम्पन्न भएको छ। हाल झूण्डको रुपमा शनिबारीय सभाहरु संचालन हुने, प्रत्येक महिनाको पहिलो शनिवार त्यहाँका विश्वासीहरु एवेनेजरमा सहभागी हुने कार्यक्रमका साथ यो सेवाकाई शुरु भएको छ। पछि विश्वासीहरुको संख्या बढेर उपयुक्त समय आइसकेपछि एक स्वतन्त्र मण्डलीको रुपमा स्थापना गरिने कार्यक्रम राखिएको छ। सेवाकाईको नेतृत्व एवेनेजरका एक एल्डर युसुफ गुरुङ र एक कारिन्दा शिलास थापाले गर्नुहुने कार्यक्रम रहेको छ। साथै सेवाकाईमा साथ दिन त्यस क्षेत्रमा रहने एवेनेजरका तीन परिवारहरुले साथ दिनुहुनेछ। प्रार्थना गरौं कि त्यस भेकमा भएका हराएका भेडाहरु पाइयोस्। परमेश्वरको महिमा होस्।

Date: 2008-06-21
Due to the Strike by the Vehicle Association of Nepal today Kathmandu valley was badly affected. There were no public transportation vehicles in Kathmandu. People were walking all over the roads in Kathmandu to reach their destinations. Specially, the Christians in Nepal valley struggled to attend the church services today. Saturday is the off day in Nepal for schools, governmental offices and all the private offices. So Christians get together for their regular worship services on Saturdays instead of Sundays. Most of the roads were filled with the Christians today because of the Bandh or strike to reach their destinations, the church buildings. I had a long walk about one and half an hour from my house Birendrachok to Koteshwor. My wife, my children and my sisters joined me for a long walk.

People had long walks to attend our church (Kathmandu Baptist Church) from different corners of the valley. An old woman, Ganga Magar who is 83 years old walked from Tahachal 6 A. M. this morning and reached at Koteshwor by 11 A. M. Another old woman, Krinshna Kumari Budhathoki walked a long walk from Sitapaila this morning. Prabesh, Sanjaya, Laxmi and other brethren had long walks from Swayambhu for about 3 hours to reach the Church at Koteshwor. Another old woman Bishnu Ghimire walked from Chapagaun taking several hours with her grand daughter Meena. Other believers from Kapan, Jorpati and other corners of the valley had good walks today to attend the church service at Koteshwor. About 400 people got together for the fellowship today in Kathmandu Baptist Church. It was a blessed time together. Praise the Lord for the gathering. Pray for the situation of Nepal that the Lord may settle the political matters of Nepal. Thanks for your prayers.

Ps. U. J. Gurung

Date: 2008-06-19
गल्छी पारीको देश धादिङको पहरेछाप यात्रा हिजो सम्पन्न भयो। काजी भाई र म काठमाडौंबाट हिड्यौं। गंगा आमा र चित्र माया आमा अघिल्लो दिन अर्थात् असार १ गतेका दिन त्यसतर्फ लाग्नुभएको थियो। उपत्यका बन्दका कारण हामीचाहिँ भोलिपल्ट मात्र हिड्यौं। भाई बीर बहादुर माझी त्रिशुलीबाट यात्रामा हामीसंग सहभागी हुनका निम्ति क्युरेनी आइपुग्नुभयो। त्यहाँ बस्दै गर्दा गंगा आमा र चित्रमाया आमा फर्कनुभयो। गंगा आमा स्वास्थ्यका कारण पहरेछाप पुग्नुभएनछ। बीचैमा बास परेछ र फर्कनुभएछ। तब काजी मगर भाई र बीर बहादुर माझी भाईका साथ म पहरेछाप तर्फ लागें। चार घण्टाको यात्रापछि हामी पहरेछाप पुग्यौं।

धादिङको पहरेछाप गाउँ करिब २५ घरको मगर गाउँ हो। यहाँका मानिसहरुको पेशा कृषि र जागीर हो। पुरुषहरु जागीरको शिलशिलामा प्राय: गाउँ बाहिर रहेका छन्। त्यस रात हामीले मनुष्य हृदयका ठूला चित्रहरुबाट भेला भएका मानिसहरुलाई सुसमाचार सुनायौं। निकैले चासो माने सुसमाचार सुने। भोलिपल्ट विहान पनि भेला भएका मानिसहरु तथा त्यस परिवारका सदस्यहरुलाई सुसमाचार सुनाइयो। काजी र यदुमायाका ७ जना नानीहरु छन्। सुसमाचार तथा परमेश्वरको वचन सुन्नको लागि नानीहरुलाई काजीले स्कुल पठाएनन्। दिउँसो गाउँका महिलाहरु निकै भेला भए। उहाँहरुलाई मनुष्य हृदय चित्रहरु तथा बाइबलबाट सुसमाचार सुनाइयो। राति गाउँका ठूलै संख्यामा मानिसहरु जुटेका थिए। उहाँहरुलाई सुसमाचार सुनाउने मौका पाइयो। असार ४ गते विहान यदुमाया र काजीले प्रभु येशूलाई प्रभु र मुक्तिदाताको रुपमा ग्रहण गरे। उहाँहरुले निरन्तर प्रभुमा जिउन निर्णय गर्नुभएको छ। उहाँहरुको हुर्काइ र सेवाकाईको निम्ति प्रार्थना गरौं। त्यस गाउँमा उहाँको महिमा होस्। असार ४ गतेका दिन भाई बीर र म क्युरेनी फर्क्यौ। त्यहाँबाट म काठमाडौ र भाईचाहिँ त्रिशुलीतर्फ लाग्नुभयो। तपाईहरुको प्रार्थनाहरुको निम्ति परमेश्वरलाई धन्यवाद होस्।

Date: 2008-06-20
गल्छी पारीको देश धादिङको पहरेछापमा हालै सम्पन्न यात्रामा थुप्रै नयाँ मानिसहरुले परमेश्वरको वचन सुन्ने अवसर पाए। यदुमाया मगर तथा उहाँका श्रीमान काजी मगरले प्रभु येशूलाई प्रभु र मुक्तिदाताको रुपमा ग्रहण गरेका छन्। त्यस गाउँमा छरिएका बीउ उम्रिन तथा प्रभुमा आएका काजी परिवारको आत्मिक उन्नतिको निम्ति प्रार्थना गरिदिनुहोला। बीच बाटामा पनि एक चिया पसलमा गाउँका केही मानिसहरुको समूहलाई मनुष्य हृदयका ठूला चित्रहरुबाट सिकाइएको छ। उहाँहरुको हृदय परिवर्तनको निम्ति प्रार्थना गरिदिनुहोला। त्यस क्षेत्रमा फेरि फेरि कोही जान र सिकाउनका निम्ति खुल्ला ढोकाको निम्ति प्रार्थना गरिदिनुहोला। साँच्चै फसल प्रशस्त छ तर खेतालाको कमी छ। "आफ्ना आँखा उठाओ र खेतबारीहरुतिर हेर; किनकि ती कटनीका निम्ति पहेंलै भइसकेका छन्। अनि जसले बाली काट्छ, उसले ज्याला पाउँछ, अनि अनन्त जीवनका निम्ति फल बटुल्छ, कि छर्ने र बाली काट्ने दुबैले एकसाथ रमाउन पाऊन्।" यूहन्ना ४:३५,३६।

IMPORTANT ARTICLES

ईशाईहरुका महान आशा

एवेनेजर इतिहास

विश्वकै बरिष्ठ महिला प्रचारक जोइस मायर

हेरी पोटर सम्बन्धमा ईशाई अवधारणा


Editor: Pastor U. J. Gurung. Web Master: Adarsha J. Gurung. Contact us at 9841202110 or 016913929 for more details. You can also mail us at Post Box No. 8973 NPC 200, Kathmandu, Nepal.