|
|
|
|
| |
 |
| |
|
आत्मिक गीत संग्रह क्यासेट सुन्नुहोस्। सम्पर्क
|


अंग्रेजी पुस्तकहरु नेपालीमा अनुवाद गर्नुपरेमा सम्पर्क: सोम लिम्बु ९८४१७१४२५८।
|
| |
|
|
|
 |
 |
|
RECENT ARTICLES/LITERATURES |
RECENT MATERIALS |
|
|
|
RECENT NEWS/PRAYERS |
|
| |
Date:
2008-09-04 |
|
|
हिन्दू धर्मावलम्बीहरुका एक महत्वपूर्ण पर्व तीज यही भाद्र १७ गते शुरु भई १९ गते समापन भएको छ। असल वर वा पतिको प्राप्ति र पतिको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै शिवलिंगहरुमा पुगी प्रार्थना, आराधना चढाउने यो हिन्दू महिलाहरुको पर्व हो। हिन्दू नवदुलहीहरुको सृंगार र उमंगहरुमा देखा पर्ने महिलाहरुको यस पर्वमा नयाँ रौनक हुन्छ। विवाहित महिलाहरु एक पटक पुन: जवानीका दिनहरुको सम्झना गर्दै माईतीमा रमाउँदै संगी सहेलीहरुका साथ मन्दिर-मन्दिर र जमघटहरुमा नाचगान र भोजहरुमा विताउँछन् यस पर्वमा। त्यसरी नै कन्या महिलाहरु नयाँ उमंगहरुमा उत्रिरहेका हुन्छन्। भावी पति, पतिका आकर्षणका कामनाहरु, लिंग पूजा, भोज, मनोरंजनहरु, नाचगान, जमघटहरुले पुन: एक पटक हामीहरुलाई बालामकालीन दिनहरुको सम्झना गराउँछ।
लगभग ३५०० वर्ष पहिला मध्यपूर्वमा अवस्थित मोआव राज्यका राजा वालाकले तात्कालीन एक अगमवक्ता वालामको सल्लाह अनुसार एक ठूलो पर्वको आयोजना गरे। यस पर्वका निम्ति शित्तिमका एक सुन्दर पहाडमा मूर्तिपूजाको भव्य कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा मोआव राज्यका सम्पूर्ण युवा महिलाहरुको निम्ति भोज, नाच गान र मनोरंजनहरुको राजकीय कार्यक्रम राखिएको थियो। सो कार्यक्रममा भर्खरै मिश्रदेशबाट निस्किआएका ईस्रायली पुरुषहरुलाई निमन्त्रणा गरिएको थियो। यो पर्वमा ईस्रायली पुरुषहरुले बाल (सूर्य) देवताको पूजाका साथ ठूलो संख्यामा मोआवी महिलाहरुलाई प्रेम गरे र शारीरिक सम्बन्ध राखे। यो कार्य यहोवा परमेश्वरको आज्ञा विपरित भएकाले एकैदिनमा उहाँद्वारा २४००० इस्रायली पुरुषहरु मारिए। गन्ती २५:१-९। यस पर्वमा मूर्तिपूजा र व्यभिचार एकसाथ गएको थियो। मानव इतिहासमा मूर्तिपूजासंग व्यभिचार जोडिएका प्रशस्त उदाहरणहरु छन्। यसलाई वालामको शिक्षा भनिन्छ। प्रकाश २:१४। परमेश्वरलाई व्यक्तिगत रुपमा चिनेका र उहाँसंग हिंड्नेहरु यस विषयमा सचेत र गम्भिर छन्। “यसकारण भाइहरुहो, परमेश्वरका कृपाहरुद्वारा म तिमीहरुलाई विन्ती गर्छु: आफ्ना शरीरहरुलाई तिमीहरुले पवित्र, परमेश्वरलाई मनपर्ने, जिउँदो वलिदानको रुपमा चढाइदेओ; यही तिमीहरुको उचित सेवा हो। अनि यस संसारसित एकनासे नहोओ, तर परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के रहेछ, सो जाँचेर थाह पाउनालई आफ्नो मनको नयाँ हुवाइद्वारा तिमीहरु बदली हुँदै जाओ”। रोमी १२:१,२।
|
|
|
| |
Date:
2008-09-02 |
|
|
महादेववेसी, धादिङमा अवस्थित एक स्थानीय मण्डली एल-एलियोन, महादेववेसीमा आज महिलाहरुको विशेष सभा सम्पन्न भयो। एवेनेजर, कोटेश्वरबाट प्रभुले डेढ दशक अघि स्थापना गर्नुभएको एल-एलियोन मण्डलीद्वारा आयोजित यस सभामा एवेनेजर र एलियोनका गरी करिव डेढसय महिलाहरुको सहभागिता थियो। दुई सभा गरिएको उक्त कार्यक्रम मध्ये पहिलो सभामा एल-एलियोनका विष्णू बैजूले सभा संचालन गर्नुभएको थियो भने एवेनेजरका मीना गुरुङले प्रवचन दिनुभएको थियो। प्रवचनको विषय ‘मण्डलीमा महिलाहरुको भूमिका’ भन्ने रहेको थियो। साथै दोस्रो सभामा एल-एलियोनका कल्पना विंडारीले सभा संचालन गर्नुभएको थियो भने एल-एलियोनकै रुपा आलेले सुसमाचारीय प्रवचन दिनुभएको थियो। उक्त अवसरमा एवेनेजरका महिलाहरुले विशेष भजन सुनाए भने एल-एलियोनका महिलाहरुले ‘पश्चात्ताप’ विषयक नाटक मंचन गरेका थिए। सभा अत्यन्तै उत्साहवर्धक भएको एल-एलियोनद्वारा तयार पारिएको प्रेमभोजद्वारा थप प्रेमको संगतिमा थप उर्जा प्रदान गरेको थियो।
मीना गुरुङ, एवेनेजर
|
|
|
| |
Date:
2008-08-06 |
|
|
यही साउन २० देखि २२ गते सम्म नगरकोट स्थित इलफेन्ट हेड होटलमा संचालित काठमाडौं उपत्यकका बाइबलीय मन्डलीहरुका अगुवाहरुको संगति तथा अध्ययन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। पा. यू. जे. गुरुङद्वारा ‘सुम्पिएको विश्वासको निम्ति संघर्ष’ (यहूदा ३) विषयक प्रवचनबाट शुरु भएको तीन दिने कार्यक्रममा श्री जेफ ओटबाट ‘अपोलोजेटिक्स’ विषयमा अध्यापन गराइएको थियो। मिशिनरी जिम मेकगाहाबाट ‘सृष्टिको उत्पिडन’ सम्बन्धमा प्रवचन दिनुभएको थियो। त्यसरी नै मिशिनरी जोयल ट्राभिसबाट ‘व्याख्यात्मक प्रचार’ सम्बन्धमा शिक्षा दिनुभएको थियो। पा. श्याम खत्रीले सुसमाचार नपुगेका नेपालका क्षेत्रहरुको परिचय दिनुभई ती ठाऊँहरुमा मिशिनरीहरु पठाउन उत्साह दिनु भएको थियो। अगुवाहरु वीचको छलफल कार्यक्रममा यू. जे. गुरुङले मण्डलीहरु प्रथमत: आफैं शिक्षामा बलियो र बसालिएको हुनुपर्ने खाँचो बाइबलका विभिन्न सन्दर्भहरुद्वारा देखाउनुभयो। ख्रीष्टमा ल्याइएका व्यक्तिहरुलाई २ तिमोथी २:२ अनुसार चेला बनाउनुपर्ने अनि तिनै व्यक्तिहरुलाई परमेश्वरको बोलावट अनुसार सेवाका लागि पठाउनु वा जिम्मेवार हस्तान्तरण गर्नु परमेश्वरको इच्छा भएको बताउनुभयो। कार्यक्रमको अन्तमा राम भन्डारीले प्रवचन दिनुभएको थियो। प्रवचनद्वारा उहाँले आफ्नो प्रयासमा गरिएको सेवाकाई फलदायी नहुने तर ख्रीष्टको निर्देशनमा गरिएको सेवाकाईमा नै फल प्राप्त हुने बताउनुभयो। कार्यक्रमका सहभागीहरुले यस प्रकारका सभाहरु राखी समसामयिक तथा महत्वपूर्ण शिक्षाहरुको अध्ययन हुनुपर्ने खाँचो औंल्याएका छन्। कार्यक्रममा सहभागी अगुवाहरु निम्न बमोजिम थिए।
प्रश्तुत फोटोमा उभिनेहरुमा देब्रेबाट दायाँ
१. लरेन्स तामाङ, एवेनेजर ९८५११०३०१४
२. जोयल ट्राभिस, साँचो शान्ति ९८०३३७९४६४
३. राम भन्डारी, बौद्ध ९८४१२७५२६७
४. जीवन शर्मा, बाँसवारी ९८४१२७९५५०
५. जिम मेकगाहा, बेथेल ९८०३५०५१२४
६. जेफ अट, नर्थ वेस्ट ब्याप्टिस्ट कलेज, यू. एस. ए.
७. गोरे बहादुर तामाङ, गोंगवू ९८४१७२०४९७
८. कृष्ण शाही, बौद्ध ४४९५८४२
९. श्याम खत्री, महिमा ९८५१०३५१४४
१०. जेम्स तामाङ, बेथेल ९८४१४९६४५५
११. यू. जे. गुरुङ, एवेनेजर ९८४१२०२११०
बस्नेहरुमा देब्रेबाट दायाँ
१२. मोहन राई, महिमा ९८४१६६७९९१
१३. अराम सुनुवार, एवेनेजर ९७४१०४१९७२
१४. नीर तामाङ,गोंगवू ९८४१६३८९७
१५. प्रदिप कुंवर, लेले ९८४१४९६९८८
१६. सुशील बानियाँ, बेथेल ९८४१२९८१३९
१७. महेन्द्र जंग शाही, सुर्खेत ९८४८०३८८१५
१८. साइमन तामाङ, महिमा ९८०३१७७५६८
|
|
|
| |
Date:
2008-08-01 |
|
|
एवेनेजरको एक सदस्य सोम बहादुर थापा हाल मध्यपूर्वमा सेवारत हुनुहुन्छ। लामो समयदेखि मध्य पूर्वमा सेवारत सोम अब आगामी पौष महिना भित्र नेपला फर्कने भएको छ। अब उसो नेपालमै परिवारसंग बसी परमेश्वरको सेवा गर्ने उहाँको निर्णय रहेको छ। परिवार एक साथ बसी अघि बढ्नु परमेश्वरको इच्छा हो, १ कोरिन्थी ७:५। उहाँको परिवार जन शितलनगर रुपन्देही स्थित घरमा रही प्रभुको निम्ति उभिरहनु भएको छ। उहाँहरुको साक्षीबाट प्रभुमा आएकाहरुको बीचमा हरेक शनिवार सेवाकाई भइरहेको छ। परमेश्वरको योजना त्यस ठाऊँमा पूरा होस्। सोम बहादुर थापाको निम्ति र उहाँको परिवारको निम्ति प्रार्थनामा परमेश्वर समक्ष जाहेर गर्न हुन सबैमा अनुरोध गरिन्छ।
|
|
IMPORTANT ARTICLES
हाम्रा शीर (Bible Study)
पुतली सडक चर्च (History)
परमेश्वरको समय (Article)
ईशाईहरुका महान आशा (Bible Study)
एवेनेजर इतिहास (History)
विश्वकै बरिष्ठ महिला प्रचारक जोइस मायर (Article)
हेरी पोटर सम्बन्धमा ईशाई अवधारणा (Article)
|
|
|
|
|