OUR CHURCH

मेरा दैनिकीका पानाहरूबाटः तीन (From the Pages of My Diary: Three)

9 November 2026

✝
← Back to archiveमेरा दैनिकीका पानाहरूबाटः तीन (From the Pages of My Diary: Three)

पौष १३, २०४४ (Monday, December 28, 1987) आज विहान भाई गोविन्द राज रामपुर स्थित आफ्नो कलेजमा जानुभयो। हामीहरू चावाहिलमा दल बहादुर भण्डारीलाई भेट्न गयौं। चन्द्र कुमारी लिम्बु दिदीले हाम्रो (थोमस र म) निम्ति दुई हप्ताको निम्ति खाना पकाइदिने भएको छ जुनचाहिँ हाम्रो प्रार्थनाको जवाफ पनि हो। पूर्ण श्रेष्ठ दाई विरामी हुनुभएको छ। उहाँको चंगाईको निम्ति हामीले प्रार्थना गर्‍यौं। “पक्षपात गर्नु असल होइन; किनकि रोटीको एक टुक्राका लागि मानिसले अपराध गर्नेछ”। हितोपदेश २८:२१। पौष १४, २०४४ (Tuesday, December 29, 1987) आजको दिन असल थियो। प्रभुले आफ्ना वचनद्वारा मलाई आशिष दिनुभयो। आज मैले प्रभुबाट केही लुगा पाएँ। साँच्चै नै प्रभुले मेरो वास्ता गर्नुहुन्छ। आज कुमार दाहाल हामीलाई भेट्न आउनुभयो। आज भक्तपुर चर्चका पास्टर तीर बहादुर राई हामीलाई भेट्न आउनुभयो। उहाँसंग मैले राम्रो समय पाएँ। आज साँझ सुन्दर राईको घरमा बाइबल अध्ययन समय थियो। प्रभु १ थिस्सलोनिकी ४:१३ देखिको खण्डबाट बोल्नुभयो। प्रभुको दिन नजिक आइरहेको छ। “यसैले कि तिमीहरू अल्छे नहोओ, तर उनीहरूको देखासिकी गर्नेहरू होओ, जो विश्वास र धीरजद्वारा प्रतिज्ञाहरूका हकदार भए।” हिब्रू ६:१२। पौष १५, २०४४ (Wednesday, December 30, 1987) परमेश्वरले आज मलाई उहाँको प्रशस्त अनुग्रहबाट आशिष दिनुभयो। आज सन्डे स्कुल शिक्षकहरूको तालिम कक्षा थियो। उक्त कक्षामा सिकाउनलाई प्रभुले मलाई सहायता गर्नुभयो। विषय चाहिँ ’कसरी वचन तयार गर्ने’ भन्ने थियो। आज मैले वचनबाट धेरै आशिषहरू पाएँ। साँच्चै मैले पश्चात्तापका चिन्हहरू जान्नुपर्दछ। व्यक्ति नम्र हुनुपर्दछ, प्रभुकहाँ आई रुनुपर्दछ, सबै अधर्महरूबाट फर्कनुपर्दछ। योना ३:१-१०; २ इतिहास ७:१४। मलाई जानाकारी प्राप्त भयो कि एक नर्सले मेरो भाउज्यूको स्वास्थ स्थिति जान्न चाहानुभएको छ। पौष १६, २०४४ (Thursday, December 31, 1987) म परमेश्वरको सेवामा व्यस्त भइरहेको छु। आत्मा सधैं तयार छ तर शरीर कमजोर छ। आज लक्ष्मी गुरुङ भण्डारीको घरमा घरेलु संगति थियो। आज मैले प्रभुबाट मेरा पिताजीका निम्ति क्यासेट प्लेयर प्राप्त गरें। मैले प्रार्थना गरें कि परमेश्वरले यस साधानलाई उहाँको महिमाको निम्ति प्रयोग गर्नुभएको होस्। आज म काठमाडौं नर्सिङ होममा लक्ष्मी दिदीको उपचारको निम्ति गएँ। आज उपचारको निम्ति निकै लामो समय पर्खनुपर्‍यो। आजको दिन १९८७ को अन्तिम दिन हो।

Thank you for reading and growing with our church family.Connect with us →