OUR CHURCH

स्वर्गीय घर

20 November 2016 · admin

✝
← Back to archive

जानुछ एक दिन आँखाको अघि देखेका थोकहरू छोडी
फर्केर जान्छ बहुमुल्य प्राण, छोडेर नाशवान त्राण

संसारको लागि अस्तय होला, स्वर्गमा हुँदछ उदय
बोकेर असिम आनन्दहरू, खुशी उल्लसील हृदय

चुन्यौ एक मलाई छानेर प्रभु, हजारौं भिड लाखमा
धन्यवाद हृदय पोख्दै रहनेछन्, उनको प्रेमिलो काखमा

महामहिमको चम्किलो ज्योति, उनी आफै दिप
सजिएको त्यो स्वर्गीय शहर, अचम्मकै छ सिप

अन्त छैन छक्क हुने, त्यो ठाऊँ पुगेपछि
बयान गर्न शब्द छैन, न कोही छ एक साहसी

महिमा र प्रशंसा लिने, सिंहासन उनको माझ
अनन्तसम्म ज्योति बल्ने, हुँदैन अँध्यारो साथ

थरि-थरि चमक दिने, जडिएको अनेक पत्थर
शान्त सुवास फुट्छ आफै चाँहिदैन कृत्रिम अक्षर

छैन मृत्युको हक अधिकार, विजयी योद्धाको शहर
उचित इनाम पाउनलाई सबै, बस्दछन् लागेर लहर

प्रतिज्ञा उनको संसारमा छँदा कदापि होइन झूट
विश्वासी सबलाई दिनेछन् उनले अनन्त जिवनको मुकुट

मूल्यहीन शरीर बद्लिन्छ त्यहाँ, निमेषमै अविनाशी दशामा
लक्ष्य प्राप्ती हुँदछ तब, गरिएको त्यो आशामा

- अनिता थापा

Thank you for reading and growing with our church family.Connect with us →