OUR CHURCH

परमेश्वरको प्रकाश

21 March 2017 · UJ Gurung

✝
← Back to archive

परमेश्वरले आफैलाई मानिसमाझ प्रकट गर्नुभएको छ। उहाँले आफ्नो बारेमा सृष्टि र बाइबलद्वारा प्रकाश गर्नुभएको छ। सृष्टि र बाइबलद्वारा नै हामी परमेश्वरलाई जान्न र चिन्न सक्छौं। यी दुई प्रकाशहरू पुस्तकहरू झैं छन्, जसको अध्ययनले परमेश्वरको महानता र वैभव छर्लङ्ग हुन्छ। परमेश्वरको प्रकाशको पहिलो पुस्तकको रुपमा प्रकृतिलाई लिन सकिन्छ। जुन उहाँको सुन्दर सृष्टि हो। छ दिन लगाएर लेखिएको यो पुस्तक, सुन्दर पुस्तक हाम्रो निम्ति नै रच्नु भएको थियो। छ दिनमा उहाँले जे जे बोल्नुभयो ती सबै अस्तित्त्वमा आए। अर्को पुस्तक बाइबल जुन प्रकृतिको पुस्तक लेखिएको सयौं वर्षपछि लेखिएको थियो। परमेश्वरका चुनिएका जनहरूले विभिन्न समय लगाएर लेखेका यो पुस्तकमा पनि प्रकृतिको पुस्तकको जस्तै परमेश्वरले हस्ताक्षर गर्नुभएको छ। दुवै पुस्तकहरूबाट हामी प्रशस्त मात्रामा आशिषित हुन सक्छौं। अनि दुवै अध्ययनका लागि धेरै नै महत्त्वपूर्ण छन्। प्रकृतिरुपी पुस्तकका पानाहरू पल्टाएर हामी सृष्टिका मनमोहक सुन्दरताको आनन्द लिन सक्छौं। प्रकृतिका यी सबै मनमोहकता र सुन्दरताले महान सृष्टिकर्ता परमेश्वरको स्तुति गाउँदछन्।

आदम र हव्वाको पापको कारण उनीहरूको पतनपछि यस सुन्दरतामा परिवर्तन आएको थियो। अहिले पहिलाको जस्तो निष्खोट प्रकृति छैन। शैतानको कारणले गर्दा यसका केही पानाहरूले आफ्नो सृष्टिकर्ताको इच्छालाई प्रतिविम्बित गरिरहेको छैन। बरु शैतानले यसलाई मर्न लागेको चरित्रमा प्रकृतिरुपी संसारको व्याख्यालाई अगाडी सारेको छ। यही धमिल्याउने र अलमल्याउने कुरालाई प्रष्ट पार्नु पर्ने आवश्यकतालाई देखेर आफ्नो नियम, कानून दर्शाउन र मानव जातिलाई एउटा सुन्दर पाठ प्रस्तुत गर्न मोशाद्वारा शुरु गरेर पवित्र आत्माको प्रेरणामा बाइबलको लेखन शुरु भयो। प्रकृतिको पुस्तक विभिन्न रङ्गहरूले भरेको ठूलो क्यानभासमा तयार पारिएको पुस्तक हो। यसमा चित्रहरूद्वारा आत्मिक कुरा बुझाउने प्रयास गरिएका पाठहरू छन्। बाइबलचाहिँ तिनै चित्रहरू र रेखाहरूलाई शब्दमा प्रस्टाउने संग्रह हो। आफ्नो प्रिय जनहरूको आनन्द र भलाइका कार्यक्रम यी दुई संग्रहबाट उहाँले बताउनु भएको छ। अन्ततः सृष्टि र बाइबलद्वारा एक मानिसले परमेश्वरको ज्ञान पाउँदछ। साँचो परमेश्वरलाई चिन्न सक्दछ!

 

विवेक लामिछाने

 

Thank you for reading and growing with our church family.Connect with us →