OUR CHURCH

बाइबल अध्ययन कसरी गर्ने?

25 March 2017 · UJ Gurung

✝
← Back to archive

“यिनीहरूचाहिँ ती थेस्सलोनिकामा हुनेहरूभन्दा उत्तम रहेछन्; किनकि यिनीहरूले मनको पूरा तयारीको साथ वचन ग्रहण गरे, र यी कुराहरू यस्तै हुन् कि होइनन् भनी दिनहुँ पवित्रशास्त्रहरूमा खोजी गर्दथे।” प्रेरित १७:११

बाइबल अध्ययनको लागि एक तयारी मन चाहिँदछ। परमेश्वरको वचन ग्रहण गर्नका लागि हाम्रो हृदयको तयारीको साथसाथै हाम्रो खोजी र परिश्रम पनि चाहिन्छ। खोलाको बगरमा सुन पाउन खोजे झैं, उत्साह र मेहेनतसाथ हामी बाइबल अध्ययनमा समय बिताउछौं। तर हाम्रा सबै परिश्ररम र खोजले केहि पनि फाइदा दिँदैन जबसम्म पवित्र आत्मा स्वयमले हामीलाई सत्यतामा डोर्याउनुहुँदैन। हाम्रो आफ्नै प्रयासमा बाइबल बुझ्न असम्भव हुन्छ। पवित्र आत्माले नै हामीलाई आत्मिक सत्यताहरू सिकाउनु पर्ने हुन्छ। त्यसैले नै हामी भजनसंग्रह लेखकले झैं प्रार्थना गर्छौं, “मेरा आँखाहरू खोलिदिनुहोस्, र म तपाईका व्यवस्थाबाट अद्भूत कुराहरू देख्न सकूँ।” (भ सं ११९:१८ )

बाइब अध्ययनमा सहयोग होस् भन्ने हेतुले तलका पाँच सुझावहरू प्रस्तुत गरिएका छन्। यी पाँच सुझावहरू ईसाई लेखक ए. टि. पियर्सनले आफ्नो लेखमा प्रस्तुत गरेका थिए। यी पाँच कुराहरूलाई आधार मान्दै बाइबल अध्ययन गर्दा ठूलो सहयोग र आशिष मिल्नेमा ढुक्क हुन सकिन्छ।

१. बाइबल पढ्नुहोस्

सबैभन्दा पहिले त बाइबल पढ्नुपर्दछ। यो सल्लाह सामान्य लागेता पनि, धेरैपटक ईसाई जीवनमा बाइबल पठनको ठूलो कमी देखिन्छ। जुन खण्ड तपाई अध्ययन गर्न चाहानुहुन्छ, त्यस खण्डलाई सरसरती पढ्नुहोस्। सायद एक पटक पढ्दैमा सबै कुरा नबुझिएला। दुई-तीन चोटि पढ्नुहोस्। यस क्रममा प्रश्न सोध्नुहोस्, “यो खण्डमा बाइबले के भन्दैछ?”

 

२. बाइबलमा खोजी गर्नुहोस्

यसको अर्थ त्यस खण्डलाई गहिरेर जाँच्नुहोस्। केहि प्रश्नहरू गर्नुहोस्। जस्तो –

“यो खण्डमाको बोल्दै छन्?”

“यो खण्ड कसले लखेका हुन्?”

“यो खण्ड कसको लागि लेखिएको हो? किन लेखिएको हो?”

“यस खण्डमा भएको घटना कहाँ भएको हो र कहिले?”

“यस खण्डको पृष्ठभूमि के हो?”

“के यस खण्डमा कुनै शब्द या शब्दवाली बारम्बार दोहोर्याइएको छ?”

 

३. बाइबलको एउटा खण्ड अर्को खण्डसँग दाँज्नुहोस्

१ कोरिन्थी २:१३ ले भन्छ, “...आत्मिक कुराहरू आत्मिक कुराहरूसँग तुलना गर्दै...”

बाइबललाई बुझ्न मद्दत गर्ने पुस्तक बाइबल नै हो। अर्थात् जब हामी बाइबलमा भएका खण्डहरूलाई एकआपसमा तुलना गर्दै अध्ययन गर्छौं, हामी थप प्रष्ट हुन्छौं। उदाहरणको लागि मुक्ति को विषयलाई लिऊँ। मुक्तिको विषय बाइबलको विभिन्न पुस्तकहरूमा उल्लेख भएको छ। मुक्तिको विषयमा उत्पत्ति, प्रस्थान, लेवी, रोमी, यूहन्ना लगायतका थुप्रै पुस्तकहरूमा उल्लेख भएको छ। उत्पत्तिको पुस्तकमा मुक्तिको बारेमा उल्लेख भएको खण्डलाई रोमीको पुस्तककमा मुक्तिको बारेमा उल्लेख भएको खण्डसँग दाँज्दा हामी मुक्तिको विषयमा थप कुराहरू बुझ्छौं।

तल उल्लेखित प्रश्नहरूको प्रयोग गर्नुहोस्-

“यो खण्डमा उल्लेखित विषय बाइबलको अर्को पुस्तकमा पनि उल्लेखित छ कि?”

“यो खण्डमा उल्लेखित व्यक्तिको बारेमा अरु खण्डहरूले के सिकाउँछ?”

“यो खण्डमा प्रयोग भएका शब्दहरू र शब्दावली अरु खण्डमा पनि उल्लेख छ कि?”

 

४. वचन कण्ठ गर्नुहोस्

वचनको खण्डलाई कण्ठ गर्दा त्यो वचन हाम्रो हृदयमा रहन्छ। आवश्यक पर्दा कण्ठ गरिएको खण्डलाई प्रयोग गरी कसैलाई सान्त्वना दिन सकिन्छ, परीक्षामाथि विजय हुन सकिन्छ, र आफ्नै जीवनमा उत्साह पाउन सकिन्छ।

“तपाईको विरोधमा पाप नगरूँ भनेर मैले तपाईको वचन आफ्नो हृदयमा लुकाइराखेको छु।” (भ सं ११९:११)

 

५. वचनलाई मनन गर्नुहोस्

तपाईले अध्ययन गर्नुभएको खण्डमा मनन गर्नुहोस्। प्रश्नहरू सोध्नुहोस्-

“यो खण्डमा मेरो लागि केहि आज्ञा छ कि?”

“यो खण्डको आधारमा मेरो जीवन कस्तो छ? सुधार ल्याउनु पर्ने छ कि?”

“यस खण्डबाट परमेश्वरले मलाई के भन्दै हुनुहुन्छ?”

“यस खण्डबाट म कसरी अरुहरूलाई आशिष बाँढ्न सक्छु?”

 

आदर्श गुरुङ

Thank you for reading and growing with our church family.Connect with us →