OUR CHURCH

भुइचालो

11 April 2017 · UJ Gurung

✝
← Back to archive

सबको मुखमा आउन थाल्यो लौ आयो भुइचालो

डर र त्रासले भरिदियो, सबको मुख भो कालो।

 

बालबच्चाहरू दङ्ग परे,  न रोदन न हर्ष

सबलाई मनमा लाग्न थाल्यो मर्ने भो यै वर्ष

मथि हेर्‍यो जता ततै पर्दा लाए झैं कालो

होसै चोर्‍यो सातै लग्यो कत्रोभुइचालो।

 

मात्र एक छिन कम्पन थामिदा सबले लामो सास फेरे

भयानक डर र त्रसित आँखाले चारै तिर हेरे

अचानक फेरि मच्चिन थाल्यो डुंगा छचल्के जस्तै

सबले परिवार सम्झन थाले, फोन गर्‍यो नेटवर्क व्यस्तै।

 

कम्पन अति बेजोड थियो, सबका सब फालिए

डरको अब सिमा रहेन, एक्कासी कहालिए

मनमा सबको बन्न थाले, बिपत्तिको परिभाषा

ख्रीष्टमा हुनेलाई डर थिएन, थियो केवल आशा।

 

अहो प्रभु! साच्चै महान अचम्मकै हो सृष्टि

देख्दा लाग्यो भुकम्प आयो कयौं मानिस मार्न

तर उद्देश्य प्रभुको रहेछ आफ्नो महिमा प्रकट गर्न।

 

अनिता थापा

Thank you for reading and growing with our church family.Connect with us →