OUR CHURCH
✝हाम्रा वाल्डेन्सियन उपत्यकाहरू! Our Waldensian Valleys
23 October 2017 · UJ Gurung
← Back to archive
मध्यकालमा
वाल्डेन्सियन उपत्यकाहरू
आल्पस् पर्वतका लेक-वेसीहरू
पवित्र जनहरूका शरणनगरहरू बने
पवित्र वचनहरूले संरक्षण पाए
ती कति सुन्दर पर्वतहरू
अनि कति सुन्दर लेक-वेसीहरू
जहाँ ख्रीष्टको सुबासना थियो
ख्रीष्ट महिमित हुनुभयो।
आज हाम्रा लेक वेसीहरू रित्तिएका छन्
हाम्रा पर्वतहरू खाली भएका छन्
सायद ती पवित्र जनहरूको शरण हुनलाई
वा ख्रीष्टको सुबासना हुनलाई
साँचिएका छन्
त्यसैले लेक वेसीहरू हाम्रा
ती पर्वतमालाहरू हाम्रा
बहुमूल्य हुन्, परमेश्वरका हुन्
तिनीबाट नटाढिन
तिनलाई अँगालि नै रहन
सायद परमेश्वरको इच्छा हो
उहाँको महिमाको निम्ति हो
जस्तो लेखिएको छ,
सुसमाचार सुनाउनेहरूका पाउहरू
डाँडाहरू हुँदो
कति सुन्दर!
परमेश्वरले यी सबै सत्यताहरूमा
उहाँका योजनाहरूमा
हामीलाई डोर्याऊन्
आशिष दिऊन्।
आमेन।
U/November 29, 2013
Thank you for reading and growing with our church family.Connect with us →
