OUR CHURCH

सम्झना पातालिन्छ

23 October 2017 · UJ Gurung

✝
← Back to archive

जीवनको उर्जा रहेसम्म

तपाई बलिरहनुहुन्छ

जो राखिएको हुन्छ

थपिएको हुन्छ

तर त्यसको मात्रा रहन्छ

सीमा वा अवधि रहन्छ

त्यो बल्छ

मजाले बल्छ

दन्किएरै बल्छ

तपाई प्रकाश छरिरहनुहुन्छ

सामार्थ्यमा ताप, राप दिनुहुन्छ

तताउने त के

उस्तै परे

भस्मै पार्नुहुन्छ

तर एकदिन तपाई

निसन्देह निभ्नुहुन्छ

सकिनुहुन्छ

अनि जीवितहरूको देशमा

सम्झनाको मुस्लो

एक पटक मडारिएर उठ्छ

स्पष्टै देखिने आकारहरू बन्छ

तर त्यो पनि सकिन्छ

क्रमशः हराएर जान्छ

सम्झना पातालिन्छ

अन्ततः विलय नै हुन्छ।

यू. / १५/७/२०७०

U/November 1, 2013

 

Thank you for reading and growing with our church family.Connect with us →