OUR CHURCH
✝धेरै दिनमा फेरि
24 October 2017 · UJ Gurung
← Back to archive
धेरै दिनमा फेरि मेरी आमाको याद आयो
सपना भरि रोएछु, विपना भरि संझायो
गहभरी आँसु मन सारा टोलायो
एकान्त हुँदो आमाको संझनाले सतायो।
‘आमा’ व्यक्ति प्यारो शब्दै प्यारो
‘अँ’ ‘म’ अर्थात् स्वयं ‘म’ जीवन प्यारो
मेरो अस्तित्वमा वा ‘म’ अस्तित्व हुनुमा
आमाको समर्पण, त्याग र वलिदान प्यारो।
‘आमा विना म जन्मिन
उहाँ विना म हुर्किन, फलिन, फुलिन
उहाँको सहकार्यमा परमेश्वरका आशिषहरू
जीवनमा जोश जाँगर अनि सारा कोशिषहरू।
धेरै दिन भो आज आमाको विदाइ भएर
पार्थिव जीवन पूरा गरी अनन्ततामा गएर
जीवन यात्रामा आमा प्रेरक बनेको छ
मानस पटलमा आमा संझना बनेको छ।
यू/फागुन २८, २०६६
U/March 12/2010
Thank you for reading and growing with our church family.Connect with us →
