OUR CHURCH
✝येशू ख्रीष्ट बाह्र वर्षदेखि तीस वर्षसम्म कहाँ हुनुहुन्थ्यो?
16 April 2018 · admin
← Back to archive
लुका २:४२ ले भन्दछ, “अनि जब उहाँ (येशू) बाह्र वर्षको हुनुभयो, तब चाडको रीतिअनुसार उहाँहरु (यूसुफ र मरियम) माथि यरुशलेम जानुभयो”
लूका ३:२३ “अनि येशूले शुरु गर्नुहुदा उहाँ आफै प्राय: तीस वर्षको हुनुहुन्थ्यो...”
प्रियहरु अब बिचार गर्नुहोस त, येशूको बाह्र वर्ष देखि तीस वर्षसम्म येशू कहाँ हुनुहुन्थ्यो? के उहाँ भारत जानुभयो? कि इस्राएलमा रहनुभयो?
“उन्नाईसौँ सताब्दिमा रसिएन लेखक निकोलास नोटोविचको किताब द अननोन लाईफ अफ जिजसमा आफ्नो तिब्बततर्फको यात्रामा उनले येशू (ईसा) भारतमा गएको र भारतीय गुरुबाट मरेकोलाई जीवन दिन र दुष्टहरु आत्मा निकाल्नु सिकेको घटनको विवरण भएको तेस्रो सताब्दीको लेख भेटियो भन्ने दावि गर्नुभयो”
तर येशूले भारतमा सिक्नुभयो भन्ने कुराको हामी सँग कुनै पनि प्रमाणहरु छैन, नोटोविचको सबै दाविहरु झुटो ठहारिएको छ (नरमन गेस्लर,फिलोसफर एण्ड थियोलोजियन)।
यो साँचो हो कि सु-समाचारको चार पुस्तकहरुले प्रस्ट रुपमा येशूको बाल्यकाल र वयस्ककालको बारेमा बताउँदैन, तै पनि येशू ख्रीष्ट इस्राएलमा नै रहनुभयो भन्ने कुरा हामी जान्न सक्दछौँ। अब हेरौं केहि तर्कहरु जसले ख्रीष्ट येशू इस्राएलमा रहनुभयो भनि देखाउदछ।
पहिलो तर्क: येशू ख्रीष्टको शिक्षा पानथेस्टिक (सबै कुरा परमेश्वर हो) र पोलिथेस्टिक (धेरै ईश्वर छन्) थिएन, जुन कुरा भारतको धेरै गुरुहरुले सिकाउदछ। येशूले कहिल्यै पनि हिन्दु ग्रन्थहरुबाट उद्रधृत गर्नु भएन तर सधैँ याहुदीहरुको पुरानो नियमबाट उद्रधृत गर्नुभयो जसले मोनोथेस्टिक (एक मात्र परमश्वर हुनुहुन्छ) भनि सिकाउदछ। हेर्नुहोस, मर्कुस १२:२९ “अनि येशूले तिनलाई जवाफ दिएर भन्नुभयो: “सबैभन्द पहिले आज्ञाचाँहि यो हो: हे इस्राएल सुन ! प्रभु हाम्रो परमेश्वर एउटै हुनुहुन्छ। यसबाट प्रस्ट हुदछ कि येशूले परमेश्वर एक मात्र हुनुहुन्छ भनि विश्वास गर्नुभयो न कि तेत्तिस करोड
दोस्रो तर्क: लुका २:५२ ले भन्दछ कि, “येशू बुध्दिमा, डिलडौलमा (शरीरमा), र परमेश्वर र मानिसको अनुग्रहमा बढ्दै जानुभयो” येशू ख्रीष्ट पुर्ण रुपमा परमेश्वर र पुर्ण रुपमा मानिस हुनुहुन्छ। उहाँ परमेश्वर हुनुभएकोमा उहाँ कहिले पनि बुध्दिमा बढ्नुपरेन कारण उहाँ सर्वज्ञानि हुनुहुन्छ तर मानिस हुनुभएकोमा उहाँले अरु याहुदी छोराहरुले जस्तै पुरानो नियम र शास्त्रिहरुबाट सिक्नु खाँचो पर्दथ्यो (भजनसँग्रह १:२)। तसर्थ उहाँले पुरानो नियमबाट सिक्दै बुध्दिमा बढ्नुभयो हिन्दु शास्त्र र पुरेतबाट सिक्नुभएन।
तेस्रो तर्क: येशू इस्राएलको समुदायबाट सिकर्मी भनेर चिनिनुभयो “के यिनी ती सिकर्मी...होइनन् र” (मर्कुस ६:३), र सिकर्मीको छोराको रुपमा पनि चिनिनुभयो, “के यिनी ती सिकर्मीको छोरा...होइनन् (मत्ती १३:५५)। इस्राएलमा हरेक पिताहरुले आफ्नो छोराहरुलाई आफ्नो व्यापार सिकाउने प्रचलन थियो। मानविय पिता यूसुफले येशूलाई सिकर्मीको काम सिकाउनुभएको हुनुपर्दछ। ख्रीष्टले प्रचार गर्ने बेलामा उहाँले सिकर्मीको सिप भएको अनुभवहरु देखाउनुभयो, जस्तो कि घर बनाउने दृष्तान्त (मत्ती ७:२४-२७)। यसरी हामी थाहा पाउदछौँ कि येशूलाई वरिपरिको छिमेकिहरुले उहाँलाई सजिलै चिन्नुभयो, तसर्थ उहाँ इस्राएलमा नै रहनुभयो।
चौथो तर्क: लुका ४:१६ “अनि उहाँ (येशू) नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्काइनुभएको थियो; अनि विश्रामदिनमा उहाँ आफ्नो रीतिअनुसार सभाघरभित्र पस्नुभयो, र पढ्नुलाई उभिनुभयो”। यो खण्डबाट थाहा हुन्छ कि, येशू नासरतमा हुर्किनुभयो भारतमा होईन, अनि उहाँको चलन सभाघरमा जानु थियो न कि हिन्दु मन्दिरमा।
पाँचौं तर्क: येशू ख्रीष्टले पवित्र शास्त्र पढिसक्नुभएपछि लुका ४:२२ ले भन्दछ “अनि सबैले उहाँको बारेमा गवाही दिए, र उहाँको मुखबाट निस्केक अनुग्रहपूर्ण वचनहरुमा सबै छक्क परे। र तिनिहरुले भने: “के यिनी यूसुफका छोरा होइनन् र?” यसखण्डबाट थाहा पाउन सकिनछ कि जति मानिसहरु सभाघरमा थिए उनिहरुले येशूलाई स्थानिया बासिन्दको रुपमा चिन्दथे।
निष्कर्ष: येशू नै परमेश्वर हुनुहुन्थ्यो तै पनि उहाँ शरिरमा आउनुभयो (यूहन्न १:१४), पापी मानिसहरुको निम्ति आफ्नो प्राण अर्पण गर्नु दास हुनुभयो (फिलिपी २:६-८), अनि परमेश्वर पिताको काममा व्यस्त रहनुभयो (लुका २:४९) परमेश्वर पिताको ईच्छा ख्रीष्टको बलिदान थियो, जुन येशूले पुरा गर्नुभयो, “... ‘पूरा भयो’ (यूहन्न १९:३०) अनि उहाँले आफ्नो प्राण झुकाएर आफ्नो आत्मा सुम्पिनुभयो”
यसरी हामी थाहा पाउन सक्दछौँ कि येशू ख्रीष्ट शरिरमा इस्राएलमा जन्मनुभयो अनि उहाँको मृत्युसम्म त्यहि रहनुभयो। तर आत्मामा उहाँ सधैं सबै ठाउँमा पूर्ण व्यक्तित्वको साथमा हुनुहुन्थ्यो किनकि उहाँ परमेश्वर पुत्र हुनुहुन्छ.
- आदेश गुरूङ
Thank you for reading and growing with our church family.Connect with us →
