OUR CHURCH

ख्रीष्टको चेला

19 April 2019 · admin

✝
← Back to archive

कुरूप मुहार, रक्त शरीर

क्रोधित निष्ठुर भीड छ हाजिर

अधर्मीहरू न्यायी र धर्मी सुरमा

धर्मी चाहिँ चढाइएका क्रुर क्रुसमा।

 

निवस्त्र, पीडित मानौं हुन् एक घोर अपराधी

तर निर्दोष, बोके हाम्रो अपराध आफै माथि

मूल्य चुकाए, चुपचाप सहे सबै हेला

हो, उहाँकै हुँ म एक साँचो चेला।

 

पत्रुस, पावल र चेलाहरूले सहे निन्दा

परिवर्तन भो जीवन ख्रीष्टलाई चिन्दा

तुच्छ ख्रीष्टको नाम, सम्मान कसैले नदेला

तर उहाँकै हुँ म एक साँचो चेला।

 

कुरूप मुहार, रक्त शरीर?

होइन म त देख्छु सर्वोच्च सृष्टिका शीर

प्रभुहरूका प्रभु, यहोवा, येशू राजा

सबैका परमेश्वर, मुक्तिदाता साझा।

 

अपनाऔं उहाँलाई प्रभु, नगरौं अवेला

तपाई, म, हामी सबै ख्रीष्टको साँचो चेला!

 

- आदर्श गुरूङ

 

Thank you for reading and growing with our church family.Connect with us →