OUR CHURCH

जेष्ठ अधिकार

10 December 2020 · UJ Gurung

✝
← Back to archive

उत्पत्ति २५:२९-३४

            एसाव हतपते, वेहोशियारी र मन लागेका कुराहरूका पछि दगुर्ने मानिस थिए। उनले जेष्ठाधिकार गुमाउँदा गनगन गर्ने अवस्था रहँदैनथ्यो। उनले त्यसको वास्ता थिएन। उनले तिनलाई सहजै त्यागिदिए। समय आयो उनले आफ्नो जेष्ठाधिकार चाह्यो तर पाउन सकेन, पश्चात्तापको ठाउँ पाएन। यद्यपि उनले रुंदै त्यसको चाहा गरे तर कहिल्यै फिर्ता पाउन सकेन। उनले जे छर्‍यो त्यही प्राप्त गर्‍यो।

            याकूवले सुरुवा पकाए। प्राचीन समयमा ज्यादै चाहा गरिने यो एक खाना थियो। यसलाई मुसुरोको दालबाट बनाइन्थ्यो। यो रातो पहेंलो रंगको हुन्थ्यो। एसाव बनबाट आएका थिए। भोकले उनको भाउन्न छुटेको थियो। यसलाई रोटीसंग खाइन्थ्यो (२५:३४)। यो विशेष र मीठो भोजन थियो।

            एसावले याकूवलाई भने, रातो कुराबाट खानदेऊ। उनी भोकले भाउन छुटिरहेको अवस्थामा उनले त्यस रातो सुरुवाबाट खान मागे। ‘रातो’, ‘रातो’ भन्दै आग्रह गरे। तसर्थ उनको नामै त्यस दिनदेखि ‘एदोम’ राखियो जसको अर्थ हो ‘रातो’। उनी हतपते, वेहोशियारी र मन लागेका कुराहरूका पछि दगुर्ने मानिस थिए। के पकाइरहेको छ भन्ने उनलाई थाहा थिएन। उनले त्यस खाना रातो देखे, त्यसैले रंगको आधारमा ‘रातो’ ‘रातो’ भने। उनले ‘रातो’ खान खोजे। उनलाई भोक लागिसकेको थियो। खाना बारे सोध्ने फुर्सत उनलाई थिएन।

            याकूवले एसावलाई भने, जेष्ठाधिकार वेच। जेष्ठाधिकारमा थुप्रै अवसर र प्रवन्धहरू थिए। बुबा आमा पछिको आदर र अधिकार, सम्पत्तिको दोब्बर भाग जेठाले प्राप्त गर्दथ्यो। परमेश्वरले इस्रायललाई आफ्नो जेठा भन्नुभएको थियो (प्रस्थान ४:२२,२३)। जेष्ठाधिकारमा के कस्ता हकहरू प्राप्त हुन्थे,

  • कनान देशमा अधिकार।
  • करारका आशिषहरू जो अब्राहामबाट हस्तान्तरण हुँदैथ्यो।
  • प्रतिज्ञा गरिएको सन्तानको वंशाधिकार

मोशाको व्यवस्था बमोजिमा पारिवारिक हक अधिकारहरू जेष्ठाधिकारमा पर्दथ्यो।

  • पिताको कानूनी अधिकार।
  • पिताको सम्पत्तिमा दोब्बर भाग। पहिला जन्मेकोलाई जेष्ठ अधिकार दिइयोस्। सारा संपत्तिको दोब्बर भाग दिएर जेठाको मान्यता देओस् (व्यवस्था २१:१५-१७)।
  • पारीवारिक पुजाहारीगिरीमा नेतृत्व (गन्ती ८:१४-१७)

            एसावले भने, यस जेष्ठाधिकारले मलाई के फाइदा गर्छ र? एसाव आवेगी, धेरै नसोंच्ने, शारीरिक थिए। उनले तत्कालको मजाको निम्ति, आवश्यकताको निम्ति अनन्त आशिष, उत्तम आशिषलाई लत्याइदिए (हिब्रू १२:१६)।

            याकूवले एसावलाई भने, ‘कसम खाऊ’। याकूवले जेष्ठाधिकारको महत्व बुझेका थिए। त्यसले पुस्ता पुस्ता र अनन्त रुपमा ल्याउने आशिषहरू बुझेका थिए। उनी आत्मिक थिए, आत्मिक आशिषहरूका महत्व बुझेका थिए। तर उनी जेठा थिएनन्। तसर्थ उनले एसावको शारीरिक जीवनको फाइदा लिन प्रयास गरे जसलाई एसावको शारीरिक अनि आवेगी जीवनको कारण सहजै प्राप्त गरे।

            एसावले आफ्नो जेष्ठाधिकारलाई तुच्छ ठाने याकूवले एसावलाई रोटीसंगै त्यस स्वादिष्ठ र तातो सुरुवा दिए र उनले जेष्ठाधिकार प्राप्त गरे। एसावले अधैर्य र शारीरिकपनका कारण आफ्नो जेष्ठ अधिकारलाई तुच्छ ठाने र वेचे जसलाई उनलाई पछिबाट पछुतो गरेर पनि फिर्ता पाएनन् (उत्पत्ति २७:३६; हिब्रू १२:१६,१७)। रुवेनको पापको कारण याकूवले जेष्ठ अधिका र युसुफका छोराहरूलाई दिएका थिए (१ इतिहास ५:१)।

            ख्रीष्ट येशू सारा सृष्टिको जेठा हुनुहुन्छ (कलस्सी १:१५)। मरेकाहरूबाट बौरनेहरूमा जेठा हुनुहुन्छ। उहाँ मण्डलीका शिर हुनुहुन्छ, सबै कुराहरूमा उहाँलाई पहिलो स्थान दिइयोस् (कलस्सी १:१८)। यसरी जेष्ठाधिकारमा स्थान र अधिकार निहित रहेको हुन्छ।

            अब ख्रीष्टमा आएकाहरूलाई जेष्ठ अधिकार दिइएको छ। उनीहरूलाई धर्मी ठहराइएको छ, महिमित बनाइएको छ (रोमी ८:२८-३०)। ख्रीष्टमा बचाइएकाहरू जेठा छोराहरू हुन्। तिनले जेष्ठ अधिकार पाए। ती सिद्ध पारिए, धर्मी ठहरिए (हिब्रू १२:२२-२४)।

Thank you for reading and growing with our church family.Connect with us →