OUR CHURCH

सहृदयी मित्र बाइबल

2 February 2022 · UJ Gurung

✝
← Back to archive

बाइबल तिमी हृदयको योग्य साथी बन्छौ

हृदय भित्र धड्कन सुन्ने दृष्टि मेरो चिन्छौ

दृष्टि जब बांगो हुन्छ, तब सोझ्याउँछौ।

बाटो जब भत्केर जान्छ, तब बनाउँछौ।


एकान्त जब शुन्य हुन्छ, तब ममा हुन्छौ

मन यो जब खिन्न हुन्छ, शान्त्वना तिमी बन्छौ

नैराश्य भित्र जब हुन्छु, उत्साह ल्याउछौ तिमी

आलस्य भारी जब बोक्छु, जाँगर दिन्छौ तिमी।


प्रश्न भित्र जब हुन्छु, उत्तर दिन्छौ तिमी

डर, त्रास भित्र हुँदा, साहस ल्याउँछौ तिमी

रहस्य जीवन तिमीमा छ, अनन्त सम्मको

व्यापक दृष्टि तिम्रो छ ज्ञान छ आदि र अन्तको।


गर्छु गर्व, ठान्छु गौरव सर्वस्व पाएँ यहाँ

ठान्छु धन्य आफैंलाई तिमीलाई पाउँदा यहाँ

प्यार छ मेरो सदा है तिम्रो विर्सिन्न कहिल्यै पनि

सहृदयी मित्र बाइबल तिमी संगै हिँड्छु म पनि।

यू/असार २०४० (July 1983)

Thank you for reading and growing with our church family.Connect with us →