OUR CHURCH

इतिहासमा आस्थाका युद्धहरू

17 October 2022 · UJ Gurung

✝
← Back to archive

            आज विश्वभर राजनीतिक बाहेक आस्थाका युद्धहरू विभिन्न तह र तप्कामा चलिरहेका छन्। विश्वमा प्रमुख धर्म, सम्प्रदाय, समूहहरूविच ठूला ठूला युद्धहरू भएका इतिहास रहेका छन्। क्रुसेडहरू (१०९५-१२९१) रोमन क्याथोलिक ख्रीष्टियन र इस्लाम विचको युद्ध थियो। तीस वर्षे युद्ध (१६१८-१६४८) रोमी सम्राट फर्डिनेण्ड द्वितीयले युरोपमा रोमन क्याथोलिक धर्म लाद्ने प्रयास गरेपछि भएको युद्ध थियो जुन युद्ध सबैभन्दा लामो युद्ध मानिन्छ। लेवनान गृहयुद्ध (१९७५-१९९०) इस्लाम भित्रका शिया तथा सुन्नी समूह विचको युद्ध थियो। इरान-इराक युद्ध (१९८०-१९८८) शिया मुस्लिम र सुन्नि मुस्लिम विचको युद्ध थियो। इराक सुन्नी बाहूल्य राष्ट्र थियो भने इरान शिया बाहूल्य रहेको राष्ट्र थियो। यी दुई विचमा लामो समय सम्म भारी युद्ध भएको थियो। युगोस्लाभ युद्ध (१९९१-१९९५) अर्थोडक्स क्याथोलिक र मुस्लिम विचको युद्ध थियो। १९४७ मा भारत र पाकिस्तान छुट्टिनुको कारण धर्म नै थियो। भारतमा बहूसंख्यक जनता हिन्दू थिए भने पाकिस्तानमा मुश्लिमहरूको बाहुल्यता थियो। भारत दुई राज्यमा विभक्त हुँदाका समय हिन्दू र मुस्लिम विचमा ठूला ठूला युद्ध र नरसंहारहरू भएका थिए। पहिलो शताब्दीमा यहूदीहरूले ख्रीष्टियनहरूलाई भारी सतावट र हत्या-हिंसा गरेका थिए। पछिबाट रोमीहरूले ख्रीष्टियनहरूको नरसंहार गरेका थिए। बाइबल संमत जिउने ख्रीष्टियनहरूले युद्ध नलडेका इतिहास रहेको छ। रोमन क्याथोलिकहरूले भने क्रुसेडहरूद्वारा मुस्लिम विरुद्ध युद्धहरू गरेका थिए। ती युद्धहरूमा बाइबलीय ख्रीष्टियनहरूको सहभागिता थिएन। येशू ख्रीष्टका दिनहरूमा यहूदीहरूले ख्रीष्टियनहरूलाई सताएका र खेदो गरेका इतिहास रहेका छन्। फरिसीहरूले येशू ख्रीष्ट र उहाँका चेलाहरूको खिसी टिउरी गर्ने र सताउने गरेको पाइन्छ। यसका पछाडि कारणहरू के थिए त? ती दिनहरूमा इस्रायल भित्र आस्थाका संघर्षहरू भारी मात्रामा चलिरहेका थिए। धार्मिक अगुवाहरूको सम्बन्धमा उहाँले महत्वपूर्ण टिप्पणीहरू गर्नुभएको थियो (मत्ती २३)।

  • प्रतिस्ठित आसनमाथि बस्न चाहाने (मत्ती २३:२,६)।
  • सिकाउने तर आफैंचाहिँ नगर्ने (२३:३)।
  • चेलाहरूमा भारी लाद्ने (२३:४)।
  • आफ्नै मान-मर्यदामा ध्यान दिने (२३:५)।
  • मानिसहरूको प्रशंसा खोज्ने (२३:७)।
  • चेलाहरूको संख्या वृद्धि चाहाने (२३:१५)।
  • न्याय, दया र विश्वास भन्दा रीतिविधिमा ध्यान दिने (२३:२३)।
  • धुताई र असंयमले भरिएका (२३:२५)।
  • कपटपूर्ण जीवन जिउने (२३:२९)।
  • धर्मीहरूलाई सताउने (२३:३४)।

              युद्ध हुनको पछाडी घमण्ड, धार्मिक आडम्बर र स्वार्थ मूख्य कारण थिए। आन्तरिक संघर्ष र बैमनस्यताको पछाडीको कारण अज्ञानता र संकुचितता थियो। अत्यन्तै प्रिय चेला यूहन्नाले येशूकहाँ आई जानाकारी दिए कसरी उनीहरूले एकजनालाई दुष्टात्माहरू निकाल्न रोकेका थिए। कारण थियो उनी येशू र चेलाहरूसंग हिँड्दैनथे। तर येशूले भन्नुभयो, “उसलाई मनाही नगर, किनकि जो हाम्रो विरोधमा छैन, ऊ हाम्रै पक्षमा छ” (लूका ९:४९,५०)। येशू र चेलाहरूको मानसिकतामा कति ठूलो अन्तर देखियो। धेरै पटक मानिस आफ्नै कारण अनावश्यक रुपमा मतभेद र विभाजनहरू सृजना गर्दछन्। त्यस स्थानमा येशू हुनुभएको भए विषयले अर्को मोड लिनेथियो। एक स्त्रीलाई इस्रायलका धार्मिक अगुवाहरू शास्त्री र फरिसीहरूले व्यभिचारका कारण दोषी ठहर्‍याई दण्डनीय तुल्याएका थिए। तर तिनीहरू स्वयं पनि व्यभिचारीहरू थिए। येशूले उक्त स्त्रीसंग कठोर व्यवहार गर्नुभएन तर तिनलाई फेरि पाप नगर्न चेतावनी दिनुहुँदै क्षमा दिनुभयो (यूहन्ना ८:१-११)। मानिस र येशू विचमा उही घटनालाई हेर्ने दृष्टिकोणमा अन्तर देखियो। यसर्थ मानिस ज्ञानको सिमितता र हृदयको संकुचितताका कारण कठोर र विभेदकारी देखियो। फलस्वरुप बैमनस्यता, फूट र युद्धका अवस्थाहरू मानव समाजमा देखिए। यसबाट ख्रीष्टियनहरूले पाठ सिकेर सचेतना अपनाउनु पर्दछ। नभए हामी हाम्रा समस्याहरूमा गिजलिन्छौं नै, उठ्नै नसक्ने भासहरूमा फस्दै जाने अवस्थाहरू आउन सक्दछन्। 

डा. यू. जे. गुरुङ, पास्टर

Thank you for reading and growing with our church family.Connect with us →