OUR CHURCH
✝भीडै-भीडले भरिएको संसारमा
12 December 2024 · UJ Gurung
← Back to archive
हुलै-हुल र भीडै-भीडले भरिएको संसारमा
तिम्रो हृदय जान्दछ र कसले?
सारा व्यस्तता र दौढधुपहरूमा
तिमीलाई वास्ता गर्दछ र कसले?
बाहिरी रूप त हेर्छन् नी सबै
मानव हृदय जान्दछ र कसले?
अरू त अरु भइगए
आफैंलाई जान्दछ र कसले?
जीवन जेलिएको छ पापको जालमा
अनन्त रूपमै मानिस समस्याग्रस्त छन्
मानिस ईश्वरीय सत्यताबाट विमुख छन्
यस्तो सत्यता जान्दछ र कसले?
पापको ज्याला मृत्यु हो
तर सबैका निम्ति ख्रीष्ट येशू वलि बन्नुभयो
अनि तेस्रो दिनमा वौरनुभयो
यस्तो सत्यता जान्नुपर्दैन र सबैले?
विश्वास गरौं ख्रीष्टको वलिदानमा
हृदय दिऔं त्यस महान प्रेमको सट्टामा
बाहिरी शरीर के भोर र, हृदय चोखो चाहिन्छ
प्रेम गर सारा हृदयले अनि आशिष पाइन्छ।
संझना नगरकोटी
Thank you for reading and growing with our church family.Connect with us →
