OUR CHURCH

यहोशापातको सम्झौता

25 April 2016 · UJ Gurung

✝
← Back to archive

यहोशापात आफ्ना पिता आशाझैं धार्मिकताको बाटोमा हिंडे यद्यपि उनले डाँडाहरूका मूर्तिहरूलाई हटाई  जोखिम उठाउन चाहेनन्। उनी परमेश्वरको दृष्टिमा असल राजा थिए। तर जब उनी धनी भए, सम्मानित भए, उनले इस्रायलका राजा आहाबसंग वैवाहिक सम्बन्ध बाँधे। उनी आहाबसंग यति नजिकिए कि मीका अगमवक्ताको चेतावनीको  बाबजुद पनि कि रामोतगिलादका निम्ति सिरिया विरुद्ध युद्ध गर्न आहाबसंगै युद्धमा गए। अन्तत: युद्धमा आहाब मारिए तर उनी चाहिँ शर्म र कष्टका साथ यरुशलेम फर्के। उनी सम्झौताबादका शिकार बने। मीका परमेश्वरका वचनका खातिर इस्रायलमा एक्लिएका थिए। तर उनी परमेश्वरको वचनमा उभिएका निडर अगमवक्ता थिए।

अक्टोबर १२, २०७२

Thank you for reading and growing with our church family.Connect with us →