OUR CHURCH
✝पहिलो पटक मोटर देख्दा
25 April 2016 · UJ Gurung
← Back to archive
म सानै थिएँ। गाउँबाट करिब २ घण्टाको बाटो पर्ने मुडे बजार भएर मोटर बाटो आएको थियो। मोटर हेर्ने साह्रै रहर थियो। मौका पाइरहेको थिएन। एक दिन दिदीलाई पछ्याउँदै म मुडे पुगें। मोटर कहिले आउला र हेरुंला भन्दै चौतारीमा पर्खंदै थिएँ। परबाट अचानक मोटर आयो। अनि मेरो नजीकै आइपुगेपछि ठूलो आवाजमा हर्न बजायो। जीवनमा पहिलो पटक मोटर देखेको त्यसमा पनि नजीकै आएर ठूलो स्वरमा हर्न बजाउँद मेरो होसहवासै गुमेछ र म चौतारीबाट भ्वाक्कै खसेछु। त्यो घटना संझदा आज पनि साह्रो हाँसो उठ्ने गर्छ।
नर बहादुर श्रेष्ठ
Thank you for reading and growing with our church family.Connect with us →
