
कार्तिक १५ को त्यो सूर्योदयसंगै, बाइकमा कुदियो जीवनसाथीसंगै
लागियो सिद्धिचरणको ओखलढुंगा ताक्दै, लामो प्रार्थना प्रतिक्षासंगै
कुलेखानी अनि चिसापानी गढी, भिमफेदी हुँदै हेटौंडासम्म
लागियो त्यस दिन नीजगढ, चपुर, नवलपुर हुँदै बर्दिवाससम्म।
सखारै उठियो लागियो मिर्चैया, कटारी अनि पुगियो सरर घुर्मी
कोशी तरियो फेरिमा अनि बढ्यौं हरर, शृंखलाहरू चुम्मी चुम्मी
पुगियो ओखलढुंगा त्यही रात, गजब थिए प्रवन्धहरू अनि विश्राम
नजर लगाइयो सिद्धिचरणको ओखलढुंगा, लागियो अनि बुङनम।
पर्खनेहरू अचम्भित भए, पूरै कुन्तादेवी क्षेत्र तरंगित भए
अब त्यहाँ केही नयाँ खवरहरू थिए, नयाँ वातावरण सृजना भए
मिलनहरू, भेटघाटहरू, बैठकहरू, भलाकुसारी अनि निर्णयहरू
सानो बगाल उत्साही बने, अन्यौलमा रहेका ती पवित्र जनहरू।
मण्डली भवनको निम्ति जग्गादान, रह्यो भविताको ठूलो योगदान
यही नै नमूना हो पवित्र जनहरूको, सिक्दै हेर्दै ख्रीष्टको वलिदान
यहाँ भ्रमित शिक्षाहरू, छिट्काउ बप्तिस्माहरूले, केही अल्मल्याएछन्
सत्यता बताएपछि बुझ्न कठिन भएन, व्यर्थै किन भुल्याएछन्।
पुन: उही मार्ग हुँदै फर्क्यौं हामी, भई सबैसंग विदाबाजी
यो गजवको यात्रा थियो आशिषमय अति, गरौं वर्ण कति कति
जानु पर्छ अनि सिकाउनुपर्छ फेरि, पवित्र जनहरूको उन्नति होस्
उहाँको मण्डली स्थापित होस्, ख्रीष्टको महिमा होस्।
यू/२६-७-२०६९
U/2012