
संसारमा तिमीले पार गर्दैछौ चरणहरू
युवावस्था नै तिम्रो सर्वोत्तम राम्रो चरण
रुप र रंग उर्जा र उत्साह अनि बल र सामर्थ्य
शिक्षा र ज्ञानले भरपुर हुने सुन्दर चरण।
उकाली-ओराली, भन्ज्याङ अनि चौतारी
जता भन्यो त्यहाँ जान सक्ने तिम्रो जवानी
इच्छा र चाहना अनुसार अघि बढ्न सकिने
यो कति सुन्दर अवस्था कति सुन्दर चरण।
तर तिम्रो यो अवस्था सधैंभरि रहि रहन्न
जीवन संगीत रहिरहन्न, समयले सधैं पर्खन्न
उपदेशक बाह्र पढ, खराव दिनहरू आउँदैछन्
त्यस दिन आउन अघि सृष्टिकर्ताको संझना गर।
युवावस्था धार्मिकता र पवित्रतामा विताऊ
परमेश्वरलाई मनपर्ने जिउँदो वलिदान चढाऊ
१ तिमोथी ४:१२ बमोजिम जवानी तुच्छ नहोस्
तर वचन, प्रेम, विश्वास र शुद्धतामा नमूना बन।
अन्धकारमा रहेकाहरूका निम्ति ज्योति बन
बाटो विराएकाहरूका निम्ति पथप्रदर्शक बन
रुपरंग ढलेर जान्छ, नङनाडी गलेर जान्छ
समय छँदै ख्रीष्टको महिमा गर, उहाँकै सेवा गर।
लनी गुरुङ/कार्तिक १०, २०७९