म एक वर्ष पुगेको दिन
मंगलवार, पौष २७, २०२२ (Tuesday, January 11, 1966) मेरो आज एक वर्ष पुगेको जन्मदिन। आज मेरी आमाले मेरो जन्मोत्सव मनाउनु भए नभए संबन्धमा स्पष्ट नभए पनि पछिल्ला जन्म दिनहरूमा जन्म दिनको खुशियालीमा उहाँले मलाई अण्डा पकाएर खुवाउनुहुन्थ्यो। म उहाँको प्राण प्यारो थिएँ। माया खोसिएको थिएन, काखे बालकलाई दिइने माया...