कहाँबाट शुरु भयो कहाँ हो अन्त
कोही क्रूर कठोर, कोही छन् सन्त
सास त सबै फेर्छन्, तर छैनन् सबै जीवित
अर्थपूर्ण जीवन भने येशू ख्रीष्टमै छ सिमित।
पैसा, सम्मान, ओहोदा अनि धन थरिथरि
सबको सोख र लालसा, अनि दौड-धुप मरीमरी
यो अमूल्य जीवन मात्रै यति?
प्रश्नको जलन कति भतभति!
सास फेरी मर्नु या मरी हुनु जीवित?
अर्थपूर्ण जीवन थुमा येशूमै छ सिमित
पापको क्षमा अनि परमेश्वरसंग मिलन
बुझौं आज, यही नै हो अर्थपूर्ण जीवन!
आदर्श गुरुङ