
संसारै त्याग्नुपर्ने हुन्छ, ख्रीष्टका निम्ति जिउन
तयार हुनुपर्ने हुन्छ कष्टको धुट्को पिउन।
ख्रीष्टकै नाममा तीता हेला, कहिले हुँदछ खाँचो
तिरस्कार पनि आउँछ कहिले जीवन जिउँदा साँचो।
निराश नभई जिउँदा हुँदी, प्रभु दया गर्छन्
आशारूपी फूल फूल्दा काँडा सबै मर्छन्।
के नै सकिन्छ उहाँलाई, दिन चाहे पनि
कृतज्ञ भई जिउन सकियोस् असल चेला बनी।
समस्याहरूमा विजयी हुन, गर्नुपर्दछ विन्ती
डराउनुहुन्न अर्पण गर्न जीवन ख्रीष्टका निम्ति।
– अनिता थापा
Comment(1)
Alex Tamu says:
March 3, 2019 at 4:45 amBeautiful! Dear sister in Christ, God bless.