No comments yet

डेविड लिभिंस्टोन – साहस र जोशका वीर

डेविड लिभिङ्स्टोन स्कटल्यान्डमा जन्मिएका मिसनरी हुन्। उनले मेडिकल मिसनरीका रूपमा अफ्रिकामा लामो समय सेवा गरे। उनले मेडिकल सम्बन्धि अध्ययन गरेका थिए र चाइनामा मेडिकल मिसनरीको रूपमा जान चाहान्थे। तर चाइनामा ओपियम लागु पदार्थ सम्बन्धि लडाई भयो र उनी जान पाएनन्। तर पछि उनले अफ्रिकाको बारेमा सुने र उनी अफ्रिकाको दक्षिणी भागमा गए। त्यहाँ रहेर उनले सुसमचार प्रचार गर्न थाले। एक पटक एउटा गाउँमा उनी सिंहको आक्रमणमा परे र उनको देब्रे हातमा ठूलो चोट लाग्यो। उनी मिसनरी हुनुको साथै अन्वेषक पनि थिए। उनले अफ्रिकाको विभिन्न ठाउँहरू पत्ता लगाए। उनले अफ्रिकामा व्याप्त दास व्यापारलाई हतोत्साहित पार्ने प्रयास पनि गरेका थिए। उनलाई अफ्रिकाको सबभन्दा महान मिसनरीको रूपमा चिन्ने गरिन्छ।

 

सन् १८१३ – जन्मदिन, मार्च १९

सन् १८३८-१८४० – चेरिङ क्रस हस्पिटल मेडिकल स्कुलमा अध्ययन

सन् १८४० – सुसमचार प्रचारका लागि अफ्रिका प्रस्थान

सन् १८५२-१८५६ – अफ्रिकाको थुप्रै भागहरूको भू-अध्ययन पूरा गरेका।

सन् १८६२ – अफ्रिकामा श्रीमती मेरिको मलेरियाद्वारा मृत्यु भएको

सन् १८६४ – अफ्रिकाबाट बेलायत फिर्ता

सन् १८६६ – पुन अफ्रिका प्रस्थान

सन् १८६९ – न्युमोनिया र कोलेरा रोगद्वारा संक्रमित

सन् १८७३ – अफ्रिकाको जाम्बिया भन्ने ठाउँमा ६० वर्षको उमेरमा मृत्यु

 

उनले अफ्रिकाको विभिन्न ठाउँहरूमा सुसमचार र ख्रीष्टियन जीवन शैली पुर्याए। अफ्रिकन संस्कृति र जीवन शैली बाइबलको जीवन शैलीभन्दा फरक थियो। विभिन्न अफ्रिकन जातिहरूले बहु-विवाह गर्थे, भूत प्रेत खेलाउँथे, बोक्सी विद्यामा लागेका थिए। यस्तो समाजमा बाइबलीय शिक्षा सिकाउनु निकै जोखिम र संघर्षपूर्ण कार्य थियो। डेविड लिभिङ्स्टोन संघर्ष गर्न पछि हट्दैनथे। उनले ख्रीष्टको लागि अन्त्यसम्मै अफ्रिकामा संघर्ष गरे। उनको साहस र जोश देखेर धेरै विश्वासीहरू र मिसनरीहरूले थप उर्जा पाए। अफ्रिकामा सेवा गर्ने क्रममा उनले आफ्नो परिवारलाई भने वास्ता गर्न पाएनन्। आफ्नो श्रीमति र नानीहरूबाट टाढा भएको हुनाले उनीहरूको हेरविचार गर्न पाएनन्। विभिन्न कारणहरूले गर्दा उनको श्रीमति र नानीहरू उनी संगै अफ्रिका जान सकेनन्। आफ्नो जीवनको अन्त्यमा उनले पछुतो गरे कि उनले आफ्ना नानीहरूसँग प्रशस्त समय बिताउन पाएनन्। अवश्य पनि उनी सिद्ध थिएनन् तर परमेश्वरप्रतिको उनको जोश र साहसले आज पनि हामीलाई प्रेरणा दिन्छ।

Post a comment