No comments yet

प्रेम Love

प्रेम के हो?

यूहन्ना ३:१६      किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एक मात्र जन्माइएको पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस्। (परमेश्वर पिताको प्रेम)

रोमी ५:८          तर परमेश्वरले हामीतर्फ आफ्नो प्रेम यसैमा प्रकट गर्नुहुन्छ, हामी पापी हुँदा हुँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। (ख्रीष्ट येशूको प्रेम)

यूहन्ना १३:३५   एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिन्छु, तिमीहरूले एक-अर्कालाई प्रेम गर; जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, उसरी नै तिमीहरूले पनि एक-अर्कालाई प्रेम गर।

गलाती ५:२२     तर आत्माको फल हो: प्रेम, आनन्द, मेलमिलप, सहशीलता, कृपा, भलाइ, विश्वास, नम्रता, संयम; यस्ता कुराहरूको विरोधमा कुने व्यवस्था छैन। (पवित्र आत्माको प्रेम)

परमेश्वरको प्रेमको सामर्थ्य

रोमी ८:३८        किनकि मलाई पूरा निश्ययता भएको छ, न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न प्रधानताहरूले, न अधिकारहरूले न अहिलका कुराहरुले, न पछि आउने कुराहरूले, न उचाईले, न गहिराईले, न अरू कुनै सृष्टिले नै हामीलाई हाम्रा प्रभु ख्रीष्ट येशूमा भएको परमेश्वरको प्रेमदेखि अलग पार्न सक्नेछ।

परमेश्वरलाई प्रेम

मत्ती २२:३७,३९            तिमीले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, र आफ्नो सारा प्राणले, अनि आफ्नो  सारा मनले प्रेम गर। अनि दोस्रो चाहिँ यही जस्तो छ, तिमीले आफ्नो छिमेकीलाई आफैंलाई झैं प्रेम गर।

पवित्र जनहरूलाई प्रेम

यूहन्ना १५:१२   जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, त्यसरी नै तिमीहरूले एक-अर्कालाई प्रेम गर। यो मेरो आज्ञा हो।

कलस्सी १:४      किनकि ख्रीष्ट येशूमा भएको तिमीहरूको विश्वास र सबै पवित्र जनहरूप्रति भएको तिमीहरूको प्रेमको विषयमा हामीले सुन्यौं।

फिलेमोन ४,५    प्रभु येशूप्रति र सबै पवित्र जनहरूप्रति भएका तिम्रा प्रेम र विश्वासको विषयमा सुनेर म मेरा प्रार्थनाहरूमा सधैंभरि तिमीलाई सम्झना गर्दै मेरा परमेश्वरलाई धन्यवाद चढाउँछु।

गलाती ५:१३     किनभने भाइहरूहो, स्वतन्त्रताका निम्ति तिमीहरू बोलाइएका छौ; तर यति होस्, यो स्वतन्त्रता शरीरका लागि मौका नबनोस् तर प्रेमद्वारा एक-अर्काको सेवा गर।
एफिसी ४:१५    प्रेममा साँचो (सत्य) बोल्दै हामी सबै कुराहरूमा उहाँसम्म, जो शिर हुनुहुन्छ अर्थात् ख्रीष्टसम्म बढौं।

फिलिप्पी १:९,१०          ज्ञानमा र सबै प्रकारका विवेचना (Judgment) मा तिमीहरूको प्रेम झन् झन् प्रशस्त हुँदै जाओस्। फलस्वरुप उत्तम कुराहरू तिमीहरूले जाँचेर थाह पाउन सक; र धार्मिकताका फलहरूले भरिंदै तिमीहरू ख्रीष्टको दिनसम्म इमान्दार र निर्दोष रहन सक।

१ थिस्सलोनिकी १:३      हाम्रा परमेश्वर र पिताको सामुन्ने तिमीहरूका विश्वासको काम, प्रेमको परिश्रम र हाम्रा प्रभु येशू ख्रीष्टमा भएको आशाको धीरज निरन्तर सम्झना गर्दछौं।

हिब्रू ६:१०         किनकि परमेश्वर तिमीहरूका काम र प्रेमको परिश्रम भुलिदिने अधर्मी हुनुहुन्न; जोचाहिँ तिमीहरूले पवित्र जनहरूको सेवा गरेर र सेवा गरिरहेर उहाँका नामका निम्ति देखाएकाछौ।

तीतस २:४         तिनीहरूले तरुणी स्त्रीहरूलाई सचेत हुन, आफ्ना-आफ्ना पतिलाई प्रेम गर्न, आफ्न नानीहरूलाई माया गर्न सिकाऊन्। आत्मसंयमी, पतिब्रता, घर सम्हाल्ने, भला, आफ्ना-आफ्ना पतिका आज्ञाकारी हुन सिकाऊन्; कि परमेश्वरको वचनको निन्दा नहोस्।

तीतस २:४         तिनीहरूले तरुणी स्त्रीहरूलाई सचेत हुन, आफ्ना-आफ्ना पतिलाई प्रेम गर्न, आफ्ना नानीहरूलाई माया गर्न सकाऊन्।

१ थिस्सलोनिकी ५:१२,१३          अनि भाइहरूहो, हामी तिमीहरूलाई विन्ती गर्दछौं, जसले तिमीहरूका वीचमा परिश्रम गर्छन्, जो प्रभुमा तिमीहरूका अगुवाहरू हुन् र तिमीहरूलाई शिक्षा चेतावनी दिन्छन्, उनीहरूलाई चिन र उनीहरूको कामको कारणले प्रेमसाथ उनीहरूलाई साह्रै बेसी आदर गर। अनि आपसमा मेलमिलापसँग बस।

मत्ती २४:१२      अनि अधर्म बढेको हुनाले धेरैको प्रेम सेलाउनेछ।

 

छिमेकीलाई प्रेम

रोमी १३:१०     प्रेमले आफ्नो छिमेकीको कुनै खराबी गर्दैन; यसकारण प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो।

 

शत्रुहरूलाई प्रेम

मत्ती १०:४४      आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई श्राप दिनेहरूलाई आशीर्वाद देओ, तिमीहरूलाई घृणा गर्नेहरूको भलाई गर, अनि तिमीहरूको बदनामी गर्ने र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर।

 

अन्तिम अर्ती

२ कोरिन्थी १३:११        अन्तमा भाइहरूहो, आनन्दित होओ, सिद्ध होओ, साहसी होओ, एउटै मनका होओ, मेलमिलापमा बस; र प्रेम र शान्तिका परमेश्वर तिमीहरूको साथमा रहनुहुनेछ।

फिलिप्पी २:२    तिमीहरूले एकै मनका भएर, एउटै  प्रेम राखेर, एकै चित्तको भएर, एउटै कुराको चिन्ता गरेर मेरो आनन्द पूरा गरिदेओ।

१ यूहन्ना २:१५              संसारलाई प्रेम नगर, न ता संसारमा भएका कुराहरूलाई नै। कसैले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्यसमा हुँदैन।

१ यूहन्ना ३:१८              मेरा साना नानीहरूहो, वचनले मात्र होइन, जिब्रोले मात्र पनि होइन, तर कामले र सत्यताले प्रेम गरौं।

Post a comment