No comments yet

भीडै-भीडले भरिएको संसारमा

हुलै-हुल र भीडै-भीडले भरिएको संसारमा

तिम्रो हृदय जान्दछ र कसले?

सारा व्यस्तता र दौढधुपहरूमा

तिमीलाई वास्ता गर्दछ र कसले?

बाहिरी रूप त हेर्छन् नी सबै

मानव हृदय जान्दछ र कसले?

अरू त अरु भइगए

आफैंलाई जान्दछ र कसले?

जीवन जेलिएको छ पापको जालमा

अनन्त रूपमै मानिस समस्याग्रस्त छन्

मानिस ईश्वरीय सत्यताबाट विमुख छन्

यस्तो सत्यता जान्दछ र कसले?

पापको ज्याला मृत्यु हो

तर सबैका निम्ति ख्रीष्ट येशू वलि बन्नुभयो

अनि तेस्रो दिनमा वौरनुभयो

यस्तो सत्यता जान्नुपर्दैन र सबैले?

विश्वास गरौं ख्रीष्टको वलिदानमा

हृदय दिऔं त्यस महान प्रेमको सट्टामा

बाहिरी शरीर के भोर र, हृदय चोखो चाहिन्छ

प्रेम गर सारा हृदयले अनि आशिष पाइन्छ।

संझना नगरकोटी 

Post a comment