No comments yet

राज्य र ख्रीष्टियनहरू

राज्य र ख्रीष्टियनहरू

रोम साम्राज्यकालमा सरकार ख्रीष्टियनहरूप्रति नरम थिए। यसो हुनुको प्रमुख कारण रोम साम्राज्यको शुरक्षा खतरा ख्रीष्टियनहरूमा देखिएन। रोमी १३:१ मा यसरी लेखिएको छ, “हरेक मानिस उच्च अधिकारीहरूको अधिनमा रहोस्।” मानव विवेकलाई बाँध्न नियमहरू बनाउने अधिकार परमेश्वरलाई छ। हाम्रो विवेक कुनै पनि मानिसको इच्छा पूर्तिको निम्ति अधीनमा रहनुपर्छ भन्ने होइन। यसले हाम्रो अधिनता स्वतन्त्र, स्वैच्छिक, गम्भीर र पक्का हुनुपर्दछ भन्ने देखाउँदछ। ठूलाहरूप्रतिको यस अधिनताले हृदयमा आदर अनि उहाँहरूसंग र उहाँहरूसंग सम्बन्धित काम-कुरामा
मान-मर्यदा भन्ने अर्थ दिंदछ। यसले राजनीतिक अधिकारीहरू बाहेक परिवारका अविभावक, मण्डलीका
पास्टर-शिक्षकहरूको अधिनतालाई पनि दर्शाउँदछ।

किन ख्रीष्टियनहरू राज्यधिकारीहरूको अधिनमा रहनुपर्दछ?

दोषको कारण: यहूदी शासकहरूले येशूलाई राजनीतिक आरोप लगाएका थिए। आफूलाई राजा घोषणा गर्दै सिजरलाई कर तिर्न रोक लगाएको भन्ने आरोप थियो उहाँ विरुद्ध (लूका २३:१-३)। येशूलाई छोडिदिन चाहेका पिलातसलाई सिजर विरुद्धको कदम भनी राजनीतिक आरोप लगाएका थिए (यूहन्ना १९:१२)। तर येशूले बारंबार भन्नुभएको थियो कि उहाँको राज्य यस संसारको होइन (यूहन्ना १८:३६)। चेलाहरूलाई इतिहास भरि नै राजनीतिक आरोप लाग्दै आएको छ। त्यसैले प्रेरितहरूले बारंबार सिकाएका थिए कि विश्वासीहरू राज्यको अधिनमा हुनुपर्दछ
(१ तिमोथी २:१-३; १ पत्रुस २:१७)।

क्रोधको कारण (१३:२,३): राज्य अधिकारीहरूलाई तरवार दिइएको छ। राज्य विरुद्ध बोल्नु, राज्याधिकारीहरूलाई अनादर गर्नु ख्रीष्टियनहरूका निम्ति प्रत्युत्पादक हुन्छ। जसले विरोध गर्दछ त्यसले उचित प्रतिफल प्राप्त गर्दछ (१३:२)। शासकहरू डरका कारण हुन्। तर ईमान्दर अनि नियमसम्मत जिउनेहरूले अधिकारीहरूसंग डराउनुपर्दैन।

विवेकको कारण (१३:५): क्रोधका कारण मात्र होइन तर सद्गुणलाई प्रेम गर्ने हुँदा पनि ख्रीष्टियनहरू विवेकको कारण अधिकारीहरूको अधिनमा हुनुपर्दछ (२ कोरिन्थी १:१२। सारा अधिकार परमेश्वरमा निहित छ (१३:१)। तसर्थ राज्याधिकारीहरू परमेश्वरका सेवकहरू हुन् (१:४,६)। यद्यपि उनीहरू हाम्रा मालिकहरू हुन् ती परमेश्वरका सेवकहरू हुन्। उनीहरू दुष्टताका निम्ति डर र असल कामका निम्ति प्रशंसक हुन्।

नेपाल लगायत तेस्रो विश्वका मुलुकहरूमा देखिएको अस्थिरताको एक कारण राजनीतिक आचरण पनि हो। जनता सजिलैसंग सरकार विरुद्ध उभाडिन्छन्, गनगन र विरोधमा उत्रिन्छन्। तर ख्रीष्टियनहरूले त्यस आचरणको अनुसरण गर्नुहुँदैन। कुनै पनि विषयमा गार्भियता प्रश्तुत गर्नुपर्दछ। सजिलैसंग उभाडिनुहुँदैन। यसको अलवा हामीले नियमित रुपमा देशका राष्ट्रपति, प्रधानमन्त्री लगायतका उच्च पदस्थ अधिकारीहरूका निम्ति प्रार्थना गर्नुपर्दछ। किनकि परमेश्वरमा नै सबै अधिकार निहित छ र उहाँकै कारण राज्यहरू स्थिर र आशिषपूर्ण रहन्छन्। परमेश्वरलाई धन्यवाद होस् परमेश्वरले नेपाललाई आशिष दिनुभएको छ, अनुग्रह दिनुभएको छ। यस देशको भविष्य सुन्दर देखिन्छ। हामीहरू गन गन, विवाद नगरी आ-आफ्ना जिम्मेवारीहरूमा इमान्दारितापूर्वक अघि बढौं। उहाँको महिमा गरौं।

 

Post a comment