No comments yet

संकुचित सोचाइबाट उठेर सत्यता धारण गरौं

 

जुन घडी परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो। त्यस घडी उहाँले शिद्ध योजना उद्देश्य साथ सृष्टि गर्नु भएको थियो। परमेश्वरले मानिसलाई आफ्नै स्वरुपमा सृष्टि गर्नुभएको थियो। आफ्नै प्रतिरुपमा नर र नारी नै गरि सृष्टि गर्नुभएको थियो ( उत्पत्ति १:२६,२७)। ऊ भूमिको माटोद्वारा बनाइएको थियो। जसरी कुमालेले यही जमिनको माटोद्वारा विभिन्न प्रकारका भाँडाहरूको निर्माण गर्दछ। मानिस नता डार्विनको विकाशवादी सिद्धान्तको उपज हो नता चौरासी लाख जुनिबाटको प्रक्रियाद्वारा अवतरित हो।

सृष्टिको शुभारम्भमा जब धुर्त सर्पले हव्वा र आदमलाई बहकायो। परमेश्वरको आज्ञादेखि बिमुख गरायो। तब सारा सृष्टिमा पाप पस्यो। सृष्टिको सारा प्रकृयामा नै विपरित प्रकृया सुचारु हुन थाल्यो, अर्थात् सबै वन पशुभन्दा ज्यादा आपत्ति सर्प हुन पुग्यो। स्त्रीमा सुत्केरी वेदना ज्यादै गरिबढ्यो। भूमि श्रापित भयो, काँढा र सिउडीहरू उमार्न थाल्यो। निधारको पसिनाले कमाएको भोजन मानिसले खानु पर्ने भयो, एक दिन मानिस माटोमै  फर्किजाने भयो। यसरी क्रमश: मानिस जातिमा सारा किसिमका प्रकृतिक तथा मानवीय विपत्तिहरूको उदय हुन पुग्यो। जसको कारण मानिस युगौंदेखि प्रताडित हुन पुगिरहेको छ। तर मुक्ति प्राप्त गर्न सकिरहेको छैन।

मानिस जातिमा अनेक किसिमका रोग विमार र मृत्यु आइलाग्यो। प्राकृतिक प्रकोपहरू जस्तै; भुकम्प, आँधिवेहरी, अनिकाल, जलप्रलय जस्ता महामारीहरूको एक पछि अर्को गर्दै मानिस जातिले समाना गर्नुपर्‍यो। मानिस पनि पापी र लोभी, डाही, ईर्ष्यालु, घमण्डी हुन थाले। एकार्का प्रतिको भातृप्रेम सेलाएर गयो। आज तपाई र म त्यसकै दुरगामी प्रभावमा परिरहेकाछौं। हाम्रो आशा टुटेकोछ। हाम्रो विश्वासको जरा मक्किएको छ। रुपैंया र पैसाको मोहले परमेश्वरको खाँटी वचनहरू अर्थात् हाम्रा प्रभु येशू ख्रीष्टका वचनहरूलाई लत्याइकोछ। रुपैया पैसाको लोभले आज कति मण्डलीहरू टुक्राइएकाछन्। कति विश्वासका आत्माहरू विश्वासबाट लडिसकेका छन् र आफैंलाई अनेकौं पीडाहरूले छेडैं-छेड पारेका छन् (१ तिमोथी ६:३,१०)। यान्नेस र याब्बेसले मोशाको विरोध गरे जस्तै तिनीहरूले पनि सत्यको विरोध गर्छन्। ती बुद्धिभ्रष्ट भएका विश्वासको सम्बन्धमा रद्द भएकाहरू हुन् ( २ तिमोथी ३:८)। परमेश्वरको बगाललाई रेखदेख गर्दै गोठाला गर्ने जिम्मेवारी पूरा गर्दै आएका कतिपया मण्डलीका प्राचीनहरू (एल्डरहरू)ले परमेश्वरको सम्पत्तिमाथि हक चलाउने निच कमाइको अभिलाषा राखी बगालको निम्ति कपटपूर्ण अविश्वासी कदम उठाएका छन्। जुन हरकत गरेकाछन् त्यो क्षम्य छैन। परमेश्वरले सत्यता अनुसार न्याय गर्नुहुन्छ (रोमी २:२; १ पत्रुस ५:३)।

नाओरको छोरो बालामले झैं अधर्मको ज्यालालाई प्रेम गर्ने झूटा शिक्षकहरूले आज यो संसार ढाक्न छोडेको छैन। झूटा शिक्षाहरू मण्डलीभित्र गुप्त तबरले हुल्ने प्रयास भइरहेकोछ। सत्य (ठीक)को बाटोको निन्दा भइरहेछ। तिनीहरू बनावटी कुराहरू बोल्ने बिनाशकारीहरूको पछि लागी  धेरै जना बहकिएका छन्
(२ पत्रुस २:१५)। झूटा शिक्षा र झूटा शिक्षकहरूदेखि सावधान रहनु, तिनलाई निषेध गर्नु हाम्रो कर्तब्य हो। आजभोलि मण्डलीहरू सम्प्रादायको रुपमा विभाजित भई विभिन्न झुण्डको रुपमा यत्र तत्र स्थापित भएको देख्न पाईन्छ। कोरिन्थीका विश्वासीहरूको सोंचाइ झैं एउटाले भन्छ, ‘म पावलको हुँ’, र अर्कोले भन्दछ, ‘म अप्पोल्लोस हुँ’। तर हामीले यो भुलेका छौं उनीहरू केवल सेवकहरू हुन्। पावलले रोपे, अपोल्लोसले पानी लगाए, र परमेश्वरले बढाउनुभयो। यसकारण नता रोप्ने केही हो, न ता पानी हाल्ने, तर परमेश्वर नै हुनुहुन्छ जसले बढाउनुहुन्छ। अब रोप्ने र पानी हाल्ने एकै हुन्, अनि हरेक मानिसले उसको आफ्नै मेहनत अनुसार उसको आफ्नै इनाम पाउनेछ। ( १ कोरिन्थी ३:३-८)

आज यो संसारमा न्याय छैन, अन्याय खुला सडकमा ब्याप्त छ। गरीब, अन्याय र विधवाहरूले न्याय पाउन सकेका छैनन्। यदि तिमीहरूले आफ्ना विचबाट अत्याचारको जुवा फालिदियौ अरुलाई औंला ठाडो गर्न र ईर्ष्यापूर्ण कुरा बोल्न त्याग्यौ। अनि सम्पूर्ण हृदयले तिमीहरूले आफैंलाई भोकाहरूका निम्ति दियौ र अत्याचारमा परेकाहरूको आवश्यकता पूरा गरिदियौ भने, तिमीहरूको ज्योति अँध्यारोमा चम्कनेछ, र तिमीहरूको रात मध्यदिन जस्तै हुनेछ’ ( यशैया ५८:९-११)। ‘तर जससँग यस संसारको सम्पत्ति छ, र आफ्नो भाइलाई खाँचोमा परेको देख्छ, तर ऊ प्रति आफ्नो हृदय कठोर पार्छ, त परमेश्वरको प्रेम कसरी रहन्छ र मेरा साना नानीहरू हो, वचनले मात्र होइन रे कामले र सत्यताले प्रेम गरौं’ ( १ यूहन्ना ३:१७,१८)।

तसर्थ येशू ख्रीष्टका प्रेरित पावल तिमोथीलाई २ तिमोथी ४ अध्यायमा यसरी लेख्दछन्, अर्ति दिदछन् ‘यसकारण परमेश्वर र प्रभु येशू ख्रीष्टका सामु म तिमीलाई कडा आज्ञा गर्दछु, जसले आफ्नो आगमन र आफ्नो राज्यमा जिउँदा र मरेकाहरूको न्याय गर्नुहुनेछ। वचन प्रचार गर, समयमा असमयमा तयार बस, सारा सहनशीलता र शिक्षाले दोष देखाइदेऊ, हप्काऊ, अर्ति देऊ। किनकी यस्तो समय आउनेछ, जब तिनीहरूले खाटी शिक्षा सहने छैनन, तर चिलाउने कानहरू भएका हुनाले आफ्नै अभिलाषाहरू आनुसार तिनीहरूले आफ्ना निम्ति शिक्षकहरूको थुप्रो लाउनेछन्, र दन्त्यकथाहरू तिर लगाउनेछन्। तर तिमीहरूचाहिँ सानै कुरामा सचेत होऊ, दु:ख उठाऊ सु-समाचार प्रचारको काम गर। आफ्नो सेवा पूरा गर। तर प्रेरित पावल तिमोथीलाई लेख्दछन्, डेमासले उनलाई त्यागेर वर्तमान संसारलाई प्रेम गरेर गएका, क्रेसेन्स गलातिया, तीतस डालमातिय गएका र आफूसँग लुका मात्र रहेको उल्लेख गर्दछन्। हाम्रा सेवकाइका क्रममा कतिपया यस्ता असोचनीय परिस्थितिहरू आउन सक्दछन् तर हामी सच्चा सेवकहरू हतोत्साही नभइकन अघि बढ्नु पर्दछ भनी उनी तिमोथीलाई उत्साह दिंदछन्। उनी तिमोथीलाई लेख्नछन् कि उनेल यी कुराहरू कसबाट सिकेका हुन्, सो जानेर आफूले सिकेका र निश्चय भएका कुराहरूमा लागिबस्नुपर्दछ। २ तिमोथी ३:१४-१७। आमेन।

 

प्रवीण कुमार परियार

Post a comment