गर्भ पतन – एक निर्मम हत्या (गर्भ पतन किन पाप हो?)

आज संसारभर गर्भ पतन कुनै संकोचविनै ठूलो मात्रामा गर्ने गरिन्छ। धेरैले सोंच्छन् कि गर्भ पतन गर्नु महिलाको अधिकार हो। सोंच्ने गरिन्छ कि पाठेघरबाट बाहिर ननिक्लेसम्म त्यो बच्चा मानिस नै होइन। तर परमेश्वरको वचनले यस विषयमा के भन्दछ त? के गर्भ पतन उचित छ? कि यो चाहिँ घिनलाग्दो पाप हो? बाइबलले...

Continue reading

संसार कति रमाइलो थियो होला?

आहा! यो संसार कति रमाइलो थियो होला? मलाई सृष्टि गर्नुहुने मेरो सृष्टिकर्ताले यो संसारलाई यस्तो सुन्दर बनाउनु भएकोमा म कति धन्यवादी हुन्थें होला। जब म मेरो आमाको गर्भमा हुर्कंदै थिएँ मेरो सृष्टिकर्ता परमेश्वरले मलाई एक कोषबाट अनगिन्ती कोषहरूमा बृद्धि र विकास गराउनुभयो म सम्झन्थें मेरो आमाले मलाई उनको ममता र...

Continue reading

हामी किन क्रिष्टमस मनाउँदैनौं?

आज नेपाली ईसाई जगतमा क्रिष्टमस मनाउने प्रवृत्ति बढ्दो छ। डिसेम्बर २५ लाई ख्रीष्ट येशूको जन्म भएको दिन भन्दै धुमधामसाथ क्रिष्टमस मनाउने गरिन्छ। एक हिसाबले हुन पनि हो…हामी मान्छेको जन्म दिन त कस्तो धुमधामसाथ मनाउँछौं भने झन् ख्रीष्ट राजाको जन्मोत्सव त अवश्य नै भव्य हुनै पर्यो नि। त्यसैले क्रिष्टमस आउन धेरै...

Continue reading

बाइबल अध्ययन कसरी गर्ने?

परमेश्वरको वचन बाइबलको प्रभावकारि अध्ययनको लागि तीन कुराहरू अपरिहार्य छन्। यी तीन कुराहरू क्रमैसँग गरिँदा बाइबल अध्ययन आशिषमय र बढि फायदाजनक हुँदछ। १. पढ्नुहोस् (Read) २. व्याख्या गर्नुहोस् (Explain) ३. व्यवाहरिकतामा ल्याउनुहोस् (Apply) १. पढ्नुहोस् सबै भन्दा पहिले बाइबलको कुनै खण्ड छानेर पढ्नुहोस्। पूरै अध्याय पढ्न सकिन्छ या केहि पदहरू...

Continue reading

प्रेम Love

प्रेम के हो? यूहन्ना ३:१६      किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एक मात्र जन्माइएको पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस्। (परमेश्वर पिताको प्रेम) रोमी ५:८          तर परमेश्वरले हामीतर्फ आफ्नो प्रेम यसैमा प्रकट गर्नुहुन्छ, हामी पापी हुँदा हुँदै...

Continue reading

सियोन प्रवेशी मित्रलाई पत्र

प्रिय मित्र, तपाई जो हालैका वर्षहरुमा आङसाङ होङद्वारा संस्थापित तथा झाङ गिल्झाद्वारा प्रवर्द्धित ‘परमेश्वरको मण्डली’ भनिने समूहमा प्रवेश गर्नुभएको छ यहाँलाई मेरो प्यार र अभिवादन छ। तपाईमा परमेश्वरको वचनको सही अर्थ जान्ने र परमेश्वरको इच्छामा सुम्पने जुन जोश र जाँगर छ त्यसमा मेरो सहानुभूति छ। अब एउटा कुरामा होश पुर्‍याउनुहोस्।...

Continue reading

नेपालमा सियोन, वर्ल्ड मिसन सोसाइटी चर्च अफ गड (आङ साङहोङ)

हालैका वर्षहरुमा कोरियाली आन साङ होङ (Ahn Sahng-Hong) नामक व्यक्तिद्वारा संस्थापित तथा झाङ गिल्झा (Zang Gil-Jah) नामक महिलाद्वारा विश्वव्यापी रुपमा प्रचारित ‘वर्ल्ड मिशन सोसाइटी चर्च अफ गड’ समूहले काठमाडौं लगायतका क्षेत्रहरुमा बसोबास गर्ने ख्रीष्ट्रियनहरुको घर-घरमा गई भ्रममा पार्ने ख्रीष्ट माथिको विश्वासबाट भड्काउने प्रयास गर्दै आइरहेको छ। विशेष गरी बाइबलीय शिक्षामा...

Continue reading

फेसबुक एक चर्चा

फेसबुक फेसबुक लगायतका सामाजिक संजालले छिटो भन्दा छिटो सूचना प्रसारण गर्ने कार्यमा ठूलो योगदान दिएको छ। यसले नजीकका मित्रहरू विचमा आपसी सम्बन्ध तथा सहयोगको विस्तार गरेको छ। यी उद्देश्यबाट अभिप्रेरित भई तिनको प्रयोग गरिएमा यसलाई राम्रो मान्न सकिन्छ। तसर्थ  फेसबुक, ट्विटर जस्ता सामाजिक संजाललाई प्रयोगै गर्न नहुने भन्ने होइन। तर गलत व्यक्तिहरूले...

Continue reading

भुइचालो

सबको मुखमा आउन थाल्यो लौ आयो भुइचालो डर र त्रासले भरिदियो, सबको मुख भो कालो।   बालबच्चाहरू दङ्ग परे,  न रोदन न हर्ष सबलाई मनमा लाग्न थाल्यो मर्ने भो यै वर्ष मथि हेर्‍यो जता ततै पर्दा लाए झैं कालो होसै चोर्‍यो सातै लग्यो कत्रोभुइचालो।   मात्र एक छिन कम्पन थामिदा...

Continue reading

संकुचित सोचाइबाट उठेर सत्यता धारण गरौं

  जुन घडी परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो। त्यस घडी उहाँले शिद्ध योजना उद्देश्य साथ सृष्टि गर्नु भएको थियो। परमेश्वरले मानिसलाई आफ्नै स्वरुपमा सृष्टि गर्नुभएको थियो। आफ्नै प्रतिरुपमा नर र नारी नै गरि सृष्टि गर्नुभएको थियो ( उत्पत्ति १:२६,२७)। ऊ भूमिको माटोद्वारा बनाइएको थियो। जसरी कुमालेले यही जमिनको माटोद्वारा विभिन्न प्रकारका...

Continue reading