परमेश्वरको बोलावट र जीवन यात्रा

जीवन एक यात्रा हो। प्रस्थान विन्दु एक हुन्छ भने यात्रा गन्तव्य अर्को हुन्छ। धर्तीको एक छेउबाट प्रारम्भ भएको यात्रा कुनै स्थानमा टुंगिन्छ। त्यसविच अनेक आरोह-अवरोहरू हुन्छन्, अनेक चुनौति र संघर्षहरू हुन्छन्। तर जीवन लक्ष महत्वपूर्ण हुन्छ। सही लक्षले सहि गन्तव्यमा पुर्‍याउँदछ। लक्षविहिन यात्राले टुंगोमा पुर्‍याउँदैन। अब्राहामले परमेश्वरको बोलावट पाएपछि आफ्नो...

Continue reading

बाइबलमा व्याख्यात्मक नोटस् वा टिप्पणीहरूको औचित्य

स्कटलैण्डका महारानी मेरीका छोरा जेम्स प्रथम इंगलैण्डका राजा बनेपछि एक हजार जना प्युरिटनहरूले राजा  समक्ष एक विन्तीपत्र चढाएका थिए जसलाई इतिहासमा हजारीय विन्तीपत्र (The Millenary Petition) भनिन्छ। त्यस विन्तीपत्रमा उल्लेखित विषयहरूमा छलफलका गर्नका निम्ति एक सम्मेलनको आयोजना गरिएको थियो जसलाई ह्याम्पटन कोर्ट कन्फेरेन्स (The Hampton Court Conference) भनिन्छ। कन्फेरेन्स प्युरिटनहरूको...

Continue reading

सन्तान जन्म आशिष कि अभिषाप

 सन्तान जन्म आशिष कि अभिषाप सन्तान जन्माउनु आशिष कि अभिषाप? बुद्धिमानी कि मूर्खता? पछि परेका राष्ट्रहरूका महिलाहरूले धेरै जन्माउने र विकसित राष्ट्रहरूका महिलाहरूले थोरै जन्माउने भाष्य बनेको छ विश्वमा। कति हदमा त्यो सहि होलान् तर अहिले घट्दो जनसंख्या विकसित राष्ट्रहरूको निम्ति एक टाउको दुःखाई बनेको छ। विकिपिडियाका अनुसार सन् २०२३...

Continue reading

शान्त रहो

तपाईको व्यक्तिगत जीवनमा चुनौतिहरू होलान्। परिवारमा जटिलता होला। संबन्धहरू संकटग्रस्त होला। मानौं कि ती समुद्रको ज्वारभाटा जस्ता वा आँधिबेह्रि जस्ता छन्। शत्रुहरूको पंजा, हानी गर्न चाहानेहरूको फन्दा, गरीबी, आर्थिक संकट वा अन्य जटिल परिस्थितिहरू जीवनमा आउन सक्ने आँधिवेहरी हुन् जसले जीवनको जहाजलाई हल्लाउँदछ, ढलपलाउँदछ। भजन संग्रह १०७ मा मानिसलाई आउन...

Continue reading

खुशी मानिसहरू

              वर्ल्ड पपुलेसन रिभ्युका अनुसार विश्वका सबै भन्दा खुशी दस देशहरूमा क्रमशः फिन्लैण्ड, डेन्मार्क, आइसलैण्ड, स्वीडेन, इस्रायल, नेदरलैण्ड, नर्वे, लक्जेम्वर्ग, स्वीजरलैण्ड र अष्ट्रेलिया रहेका छन्। इस्रायल बाहेक यी सबै देशहरूमा ख्रीष्टियनहरूको जनसंख्या अधिक रहेका छन्। फिन्लैण्डमा ६५.२%, डेन्मार्कमा ७३.८% आइसलैण्डमा ६९.५५%, स्वीडेनमा ६४%, इस्रायलमा ७३.६% (यहूदी), नेदरलैण्डमा ५४.१%, नर्वेमा...

Continue reading

अभिषेक र सेवाकाई

व्यवस्था युगमा परमेश्वरले पुजाहारी, राजा, अगमवक्ता लगायतका जिम्मेवारपूर्ण ओहोदाहरूका निम्ति योग्य व्यक्तिहरूलाई अभिषेक गर्नुहुन्थ्यो र सो कामको निम्ति नियुक्त गर्नुहुन्थ्यो। त्यसरी नै मण्डली युगमा उहाँले प्रेरितहरू, पास्टर शिक्षकहरू तथा प्रचारकहरूलाई अभिषेक गर्नुभई उहाँका कामको निम्ति नियुक्त गर्नुभयो। उनीहरूले मण्डली युगमा स्थानीय मण्डलीहरूका पुजाहारीहरूको रुपमा काम गर्दथे। उनीहरूले स्थानीय मण्डलीमा सिकाउने,...

Continue reading

अलगपनता र संझौता

सधैं अलगपनताको शिक्षा सुनिरहेका ख्रीष्टियनहरूलाई ‘संझौता’ शब्द अप्रिय र अस्वीकार्य हुन सक्दछ। तर जीवन संझौताहरू विना चल्दैन। संझौता अरुको भिन्न विचार वा मार्गलाई पनि स्वीकार्नु वा अपनाउनु हो। बुबा-आमासंग छोरा-छोरीको कैयौं मतभेदहरूमा संझौता हुन्छ। त्यसरी नै बुबा-आमाको छोरा-छोरीसंग कैयौं मतभेदहरूमा संझौता भइरहेको हुन्छ। विवाहको दिन देखि नै बग्रल्ति विषयहरूमा पति-पत्नी...

Continue reading

सृष्टि विज्ञान

सृष्टि सम्बन्धि आज मूख्य रूपमा दुई विचारधाराहरू छन् – सृष्टिवाद र विकासवाद। सृष्टिवाद भन्नाले परमेश्वरले नै सबै कूराहरू अक्षरस ६ दिनहरूमा सृष्टि गर्नुभयो भन्ने बुझिन्छ। विकासवादको सिद्धान्त अनुसार भने सबै कुराहरू क्रमिक रूपमा अरबौं वर्षको अवधिमा एक कोषबाट विकास हुँदै आए भन्ने बुझिन्छ। यी दुई नितान्त भिन्न मतहरू हुन्। आज...

Continue reading

नेपाली मण्डलीहरूमा विलिभर्स इस्टर्न चर्चको चर्चा

            नेपाली ख्रीष्टिय जगतका दुई पुराना प्रभावशाली व्यक्तित्वहरू नारायण शर्मा र गोपाल क्षेत्री क्रमश: ए.जी. चर्च तथा पाटन चर्चका सदस्य रहेको मलाई शुरु देखि नै थाहा थियो। विस्तारै उहाँहरू दुई मिलेर एउटा अफिस शुरु गरेको मलाई राम्रारी थाहा छ। उहाँहरूले बोधार्थ पत्रिका संचालन गर्नुभयो। पुस्तकहरू प्रकाशन गर्न थाल्नुभयो। नेपाली ईशाईहरूसंग...

Continue reading