विदेशिने श्रीमानहरूलाई सल्लाह
एकजना व्यक्ति जसले जुन दिनदेखि ‘मैले आफ्नोलागि भन्दा पनि अरुको लागि जिउनुपर्छ भन्ने बुझेको हुन्छ, त्यस दिनदेखि उसको जीवनको दौड शुरु हुन्छ। परिवारको खुशीको लागि जस्तोसुकै परिस्थिति आए तापनि त्यससँग जुध्दै परिवारको सुनौलो भविष्यकोलागि संघर्षशील कदम चाल्दै ऊ अगाडि बढिरहेको हुन्छ। देशको बेरोजगारी समस्याले गर्दा आफ्नो घर-परिवार छोडी विदेशीनेको कुनै...









